Aamsanchar

सिन्धुपाल्चोकको जम्बु बजारका बाढी घाइतेलाई हेलिकप्टरबाट उद्धार

Author Image
बिहिवार, असार २५, २०७७

प्रतिकात्मक फायल तस्वीर

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बर्ष संगै आएको बाढीले ठुलो जनधनको क्षती पुर्याएको छ । के कती क्षती भयो भन्नेबारे आधिकारिक विवरण आएको छैन ।

राहत र उद्धारमा कठिनाई भईरहेको छ । बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर