Aamsanchar

निजी सवारीले यात्रुबोके कडा कार्वाही हुने

Author Image
बिहिवार, असार २५, २०७७

झापा । यातायातको निजी साधनलाई भाडामा संचालन गरेको आरोपमा प्रहरीले त्यसका मालिकलाई काठमाण्डौंबाट पक्राउ परेका छन् ।
यात्रुबाट चर्को भाडा असुलेको आरोपमा काठमाण्डौ प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का श्याम बहादुर राईलाई पक्राउ गरेको हो । उनको नाममा रहेको निजी सवारीको साधन स्कारपियोले चर्को मुल्यमा यात्रु भाडामा ओसार पसार गरेको आरोप छ ।

कानुनत निजी प्रयोजनको सवारीका साधनले भाडामा यात्रु ओसार पसार गरे ५ हजार सम्म जरिवानाको व्यवस्था छ । झापाका एक ट्राफिक प्रहरीले भने, ‘प्रयोजन विपरित यातायातका साधन संचालन गरे ५ सय देखी २ हजार सम्म जरिवाना थियो । तर, ट्राफिक प्रहरीलाई कारबाहीको अधिकार प्रत्यायोजन नेपाल सरकारले गरेपछि ५ हजार सम्म जरिवाना लाग्ने व्यवस्था छ ।’

प्रहरीले सवारीका मालिक सहित झापा घर भएर काठमाण्डौको बालाजु बस्ने फडिन्द्र पाण्डेलाई पनि पक्राउ गरेको हो । उनलाई उपत्यकामा लकडाउनका कारण अप्ठेरोमा परेर घर फर्कन चाहने यात्रुबाट चर्को भाडामाा यात्रु खोजेको आरोप छ ।
प्रहरीका अनुसार काठमाण्डौबाट झापा सम्म आउने सर्वसाधरणबाट निजी सवारीका धनीले १० हजार सम्म असुलेका छन् । सर्वसाधरणले गुनासो गरेपछि चेकिङ गर्ने क्रममा निजी सवारीको साधन भाडामा संचालन गरेको प्रहरीले फेला पारेर कारबाही थालेको हो ।

गोंगबु प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार लकडाउनका बेला निजी सवारी साधनलाई भाडामा लगाएर यात्रुबाट चर्को रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका हुन् । उनिहरुलाई कानुनी कार्वाही हुने उनले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर