Aamsanchar

बाढीपहिरोबाट २३ को मृत्यु, ३६ बेपत्ता

Author Image
शनिवार, असार २७, २०७७

काठमाडौं । बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो धनजनको क्षति पुर्‍याउन थालेको छ। बिहीबार राति २३ जनाले ज्यान गुमाउनुका साथै ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २६ जना घाइते छन्।

केन्द्रको शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार कास्कीको पोखरा महानगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिकामा ७÷७, म्याग्दीका धौलागिरि र मालिका गाउँपालिका अनि लमजुङको बेसीसहर नगरपालिकामा ३र३, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २ र गुल्मीको कालीगण्डकी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो। म्याग्दीमा ३१ र जाजरकोटमा पाँच जना बेपत्ता छन्। कास्कीमा १७, रुकुम पश्चिममा १, जाजरकोटमा ५, लमजुङमा ३ जना घाइते छन्।

पछिल्लो २४ घण्टामा प्राकृतिक प्रकोपबाट प्रभावित जिल्ला आठवटा रहेको केन्द्रको मनसुनजन्य घटना विवरणमा उल्लेख छ। यीमध्ये दोलखामा पहिरो र तनहुँमा बाढी गए पनि क्षति नभएको केन्द्रले जनाएको छ। ६ जिल्लामा पहिरो गएको विवरणमा जनाइएको छ। बुधबार मध्यरात बाढीले सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढीले दुईवटा बजारै तहसनहस पार्दा २ जनाको ज्यान गएको थियो। २२ जना बेपत्ता भएका थिए।

केन्द्रका उपसचिव मुरारी वस्तीले तनहुँमा बाढी बस्तीमा पसेको र दोलखामा पहिरोले पसल बगाएको जानकारी आएको सुनाए। ‘म्याग्दी र सिन्धुपाल्चोकमा ठूलो संख्यामा बेपत्ता छन्। प्रतिकूल मौसमका कारण खोज उद्धारमा कठिनाइ छ’, उपसचिव वस्तीले भने, ‘कोही व्यक्ति भेटिए विवरण अपडेट हुन्छ।’

आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर