Aamsanchar

पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध

Author Image
शनिवार, असार २७, २०७७

सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गको ११ ठाउँमा सडकमा क्षती पुगको छ ।

गत बुधबारदेखिको नितन्तर बर्षपछी आएको बाढीले सिन्धुपाल्चोकको जुरेमा झन्डै १ सय मिटर सडक कटान गरेको छ भने बाह्रबिसे बजार छेउको सडक पनि कटान गरेको छ । जुरेदेखि नेपालको चीनसँगको प्रमुख नाका तातोपानीसम्म अरिनिको राजमार्गका ११ स्थानमा सडक कटान भएको छ । बाढी र पहिरोले सडक बिगारेपछि तातोपानी नाकासँगको सम्बन्ध टुटेको छ ।

२०७२ को भूकम्पपछि अवरुद्ध बनेको तातोपानी नाका २०७५ जेठ १५ मा मितेरीपुलको निर्माणपछि उद्घाटन गरिएको थियो । भर्खर सञ्चालनमा आउन लागेको नाका बाढी पहिरोले सडक अवरुद्ध गरेपछि बन्द भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर