Aamsanchar

कनकाईमा बाढी, चार घर घत्काएर अन्तै लगियो, गौरिगञ्जको केहि भुभागमा कटान सुरु

Author Image
शनिवार, असार २७, २०७७

शिवसताक्षी । कनकाई नदिमा आएको बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावनापछि झापाको शिवसताक्षी नगरमा ४ वटा घर भत्काइएको छ ।

स्थानीय वडा नम्बर १० का ४ वटा घर सशस्त्र प्रहरीको टोलीले भत्काएर सुरक्षित गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताए । कनकाई पुल उत्तर तर्फको मानव बस्तीमा कनकाईले वितण्डा गरेपछि घर भत्काएर त्यहाँका मानिसलाई सुरक्षित गरिएको हो ।

पाडाजुँगीबाट आएको सशस्त्र प्रहरीको ११ जनाको टोलीले प्रेम उप्रेती, श्याम ऋषीदेव, तारा लिम्वु लगायत ४ जनाको घर भत्काएर घरका मानिसलाई सुरक्षीत गरेकोे हो । कनकाई नदिको पानिको वहाव उच्च हुदै धार पश्चिम धकेलिएपछि मानव बस्तीमा कटान सुरु भएको प्रहरीले जनाएको छ ।वडा अध्यक्ष थापाका अनुसार बाढीले कटान गरेर विस्थापीत भएका परिवारलाई स्थानीय सिसौ घारीमा राखिएको छ । निरन्तर वर्षा भइरहेकोले अन्यत्र लैजान नसकिएको उनले बताए । नेपाल रेडक्रस संग समन्वय गरेर तत्काल राहतका लागि पहल हुने वडा अध्यक्ष थापाले बताएका छन् ।

यस अघि पनि सोहि ठाँउमा कनकाई नदिले ३ परिवारको उठिबास गरेको थियो । ति विस्थापितलाई पनि सिसौ घारीमै त्रिपालको पाल दिएर राखिएको छ । शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण कनकाई नदिमा आएको बाढीले नगरको वडा नम्बर १०, ७, ६, ५ र गौरिगञ्ज गाउपालिकाको केहि भुभाग कटान सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाले बाढीको क्षतीका विषयमा तथ्याँक संकलन भइरहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर