Aamsanchar

अश्लिल भिडियो बनाई पोष्ट गर्ने पक्राउ

Author Image
सोमवार, असार २९, २०७७

प्रतिकात्मक तस्वीर

काठमाडौँ । कानुन व्यवस्थाको सजाय , पारिवारिक र सामाजिक प्रतिष्ठाको डर नराख्ने एकजनालाई  प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ ।  चितवनकी १७ वर्षीय एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

श्रेष्ठले अश्लिल भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राखेका थिए ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लिल भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर