Aamsanchar

पहिरोमापरी तनहुँमा ८ जनाको मृत्यु , अझै १ बेपत्ता

Author Image
सोमवार, असार २९, २०७७

काठमाडौं । तनहुँमा आईतबार रातिदेखि परेको वर्षाको कारण पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।यसैगरी पहिरोमा परि ३ जना घाइते भएका छन । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जना र मैत्रीकुमारी धर्तीको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो। कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । त्यस्तै ऋषिङ गाँउपालिका अनबहादुर थापाको घरमा आएको पहिरोमा थापाका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएका थिए ।

बेपत्ता भएका थापाको जेठो छोरा ३० वर्षीय भेषराज थापा, बुहारी ३० वर्षीया नानुमाया थापा नातिनी ५ वर्षीया अभिषा थापा, कान्छो छोरा २२ वर्षीय महादेव थापा, बुहारी १९ वर्षीया मनिसरा थापाको शव फेला परेको प्रहरीले जनाएको छ । साथै ६० वर्षीया ज्योतिमाया घाईते भएकी छिन् । यसैगरी म्याग्दे गाउँपालिकाको बेलडाँडीमा पहिरोमा परि १७ वर्षकी लक्ष्मी बिकको मृत्यु भएको छ । घाइतेहरुलाइ उपचारका लागि पोखरा लगिएको छ ।

त्यस्तै जिल्लामा पहिरो तथा बाढीबाट क्षति भएका परिवारलाई राहत प्रदान गरिने भएको छ । प्रकोपमापरी मुत्यु हुनेको परिवारलाई जिल्ला विपत् व्यवस्थापनबाट एक लाख, सम्बन्धित स्थानीय तहबाट पचास हजार र प्रदेश सरकारबाट पनि पचास हजार उपलब्ध गराईने भएको छ । त्यस्तै घाइतेको निशुल्क रुपमा उपचार गरिने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर