Aamsanchar

हात्ती भगाउन राखिएको विद्युतीय धरापमापरी मेचीनगरका थपलियाको मृत्यु

Author Image
मङ्गलवार, असार ३०, २०७७

प्रतिकात्मक तस्वीर

झापा । हात्ती धपाउन आफ्नै खेतमा जडान गरिएको बिद्युतीय धरापमा परि झापा मेचीनगर नगरपालिका ९ का ६४ बर्षिय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ ।

थपलियाले जंगली हात्तीलाई धपाउन खेतमा नाङ्गो बिद्युतीय तार राख्नुभएको थियो । सोमवार बेलुकी ५: ४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता डिएसपी शैलेश थापाले बताए ।

यस क्षेत्रमा स्थानीयले जंगली हात्तीबाट बच्न आफ्ना खेतमा विद्युतीय धराप राखेका छन । यस धरापमा परि बर्षेनी स्थानीयको ज्यान जाने गरेको छ । हात्ती समस्या समाधानका लागि स्थायी समाधान नहुदा घरेलु उपायबाट स्थानीयको ज्यानै जाने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर