Aamsanchar

तिन दिन देखि बेपत्ता एक प्रेमी मृत फेला

Author Image
बुधवार, असार ३१, २०७७

दमक । खोलाले बगाएर बेपत्ता भएका मोरङको रतुवामाई नगरपालिका–७ का २४ वर्षीय अरुण ऋषिदेव बुधबार मृत भेटिएका छन् ।

घटनास्थल भन्दा करिब तीन किलोमिटर तल उनको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनलाई आइतवार रतुवामाई–३ चौकीघाटबाट रतुवा खोलाले बगाएको थियो ।

झापाको गौरीगञ्जमा रहेकी प्रेमिकालाई भेट्न मामासँगै आएका अरुण खोलाले बेपत्ता बनाएको तीन दिनपछि मृत भेटिएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर