Aamsanchar

सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरूद्ध

Author Image
शनिवार, साउन ३, २०७७

पाल्पा । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । शुक्रबार साँझ साढे बजेतिर उक्त सडक खण्डको पाल्पाको गौडेपुल नजिकै गएको पहिरोले खसेको थियो ।

अहिले पनि उक्त स्थानमा साना गिट्टी सहित माटोको लेदोको पहिरो खसी रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीलेका पहिरोले ट्रक समेत पुरिएको छ । उहाँका अनुसार लु १ क ११७५ नम्बरको ट्रक नालीमा फसेको थियो, सोहीबेला पहिरो खसेर उक्त ट्रक पुरिएको हो । मानविय क्षती भने नभएको उहाँले जानकारी दिनुभयो ।

हिजो रातिको समयले गर्दा पहिरो हटाउन गाह्रो भएकाले आज विहानैदेखि पहिरो हटाउने काम सूरु गरिएको गिरीले जानकारी दिनुभयो । माथिल्लो भागबाट निरन्तर साना ढुंगासहितको पहिरो खसेकाले डोजर लगाई सडक सुचार गर्न केही समय लाग्ने र पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 666

प्रतिक्रिया (०)

सम्बन्धित खबर