Aamsanchar

काठमाडौंको टोखाबाट पाँच जना अपहरणकारी पक्राउ

Author Image
शनिवार, साउन ३, २०७७

सांकेतिक तस्वीर

काठमाडौं – काठमाडौंको टोखाबाट शुक्रबार बिहान अपहरणमा परेका व्यक्तिको प्रहरीले ३ घण्टापछि सकुशल उद्धार गरेको छ।

महानगरीय अपराध महाशाखाका अनुसार, टोखाको कोठाबाट रामबाबु साहलाई चाररपाँच जनाको समूहले अपहरण गरेर लगेको सूचना लगत्तै खटिएको प्रहरी टोलीले उनको सकुशल उद्धार गरेको हो ।

महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार आफ्ना बाबु अपहरणमा परेको र २५ लाख माग राख्दै अपहरणकारीले साहका छोरालाई फोन गरेका थिए।

लगत्तै उनले बिहान साढे १० बजे प्रहरी कन्ट्रोलमा आफ्ना बुबालाई अपहरण गरेको भन्ने खबर गरे। त्यसपछि महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३ घण्टापछि साहलाई सकुशल उद्धार गर्न सफल भएको हो ।

प्रहरीले लोकन्थलीको एक कोठाबाट शुक्रबार दिउँसो साढे १ बजेतिर सात जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले साहलाई सोही कोठामा बन्धक बनाएर राखेका थिए।

‘प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच जग्गा कारोबारको विषयमा साहले २५ लाख लिएको भन्ने बुझिएको छ’, महाशाखाका एसपी होविन्द्र बोगटीले भने, ‘त्यही रकम चाहिएको भन्दै अपहरण गरेको देखिन्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर