Aamsanchar

नारायणगढ–मुग्लिन सडक पहिरोको कारण अबरुद्ध

Author Image
सोमवार, साउन ५, २०७७

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएर सडक पूर्णरुपमा बन्द भएको हो ।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ ।

प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 378

प्रतिक्रिया (०)

सम्बन्धित खबर