Aamsanchar

मलेखुमा पहिरोले पुरिएर १७ वर्षिया किशोरीको मृत्यु

Author Image
सोमवार, साउन ५, २०७७

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ वर्षिया किशोरीको मृत्यु भएको छ ।
पहिरोका कारण स्थानीय निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।

सोही पहिरोमा परेर सिन्धुली घर भएका २८ वर्षीय जितेन चौधरी घाइते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका–१ मा गएको पहिरोमा परेर ५ वर्षीया बालिका संगीता चेपाङ घाइते भएकी छिन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर