Aamsanchar

आज गुँलापर्व आरम्भ

Author Image
मङ्गलवार, साउन ६, २०७७

आज हामी गुंला पर्वको साम्रगी लिएर आएका छौं, वर्षभरि नेपाली चाडवाड अनि दिनविशेषको संगालो लिएर आउने यहाँहरुको प्रिय मोबाइल पात्रो हाम्रो पात्रो मा । वर्षाको मादकता अनि जोखिम दुबै आफ्नो चरमोत्कर्ष मा छ , धानको रोपाँई कतिको सकियो कुन्नी रु सदाझैं वर्खाका प्रकोपहरु पहिरो अनि बाढीका समाचारहरु सुन्नमा आएका छन् । बादलहरु कहिले पागल भएर बर्षन्छन् त कतै कन्जुस भएर जलथोपाहरु नझारि बसेका छन् । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुँलापर्वमा सबैलाई स्वागत ।

यस गुंला महिनामा गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवास् समुदायको बाहुल्यता भएका ठाँउमा मनाइन्छ । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुँलापर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

आज काठमाडौं उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला संगितको श्रवण गर्न सकिन्छ भने बिभिन्न गुम्बा, मन्दिर अनि आत्मिकस्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवाः सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि संगित अनि पछि पछि भक्तजनहरु हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरु प्रशस्तै देख्न सकिन्छ, काठमाडौ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाँउने चलन रहन्छ । काठमाडौ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।

दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरु यस दिनमा विशेष गरिन्छ, हुन त गुंला एकदिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका बिभिन्न तिथीमा बिभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरुमा आआफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौं, सबैलाई शुभकामना ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 443

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१