Aamsanchar

प्रदेश १ को सभाबाट तीन वटा विधेयक पारित

Author Image
बुधवार, साउन ७, २०७७

मोरङ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा तीन वटा बेग्लाबेग्लै विधेयक सर्वसम्मतिले पारित भएको छ । पारित भएको विधेयकमा ‘बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए ।

प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र ‘प्रदेश सार्वजनिक सडकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ सम्बन्धित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर