Aamsanchar

स्थानीय

पार्थ मण्डल/  भद्रपुर। झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिवार एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । प्रहरीकार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ६ पालिया पुल स्थितमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमासवार मेचीनगर ६ बस्ने ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलेजानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिएण्डसीअस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि बस चालक फरार रहेकोप्रहरीले जनाएको छ । त्यसै गरी मेचीनगर १०  स्थित पूर्वबाट  पश्चिम तर्फ जाँदै गरेको चार्जर स्कुटीलाई  सोही दिशातर्फ गइरहेको को १ ख ७४८१ नम्बरको  यात्रु  बसलेपछाडिबाटठक्कर दिँदा स्कुटी चालक मेचीनगर ९ बस्ने ६३ वर्षीय  नवरप्रसाद संग्रौला रसोही  स्कुटी पछाडि सवार उनकै छोरा ३५ वर्षीय जीवनसंग्रौला, ८ वर्षीय विशाल संग्रौला घाइतेभएका छन् । घाइते तिनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने बस चालकबिर्तामोड १ बस्ने ४३ वर्षीय लीलाराज रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।उता पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ९६० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ५४५१ नम्बरको टेम्पुलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी टेम्पु चालक दमक ९ बस्ने २७ वर्षीय शिवकुमार सोरेन रटेम्पुमा सवार गौरादह नगरपालिका १ बस्ने ५० वर्षीय इन्दिरा  चौलागाई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।  घाइते दुवैजनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने ट्रक चालक बिर्तामोड २ बस्ने वर्ष ३८ वर्षीय नरदेव शर्मालाई  दमक  प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतवार, असार २२, २०७६

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन ।  सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् […]

शनिवार, असार २१, २०७६

बिर्तामोड । झापाका विभिन्न सहर बजार र गाउँमा पछिल्लो समयमा मोटरसाइकल चोरी हुने घटना दिनप्रतिदिन बढेको छ । धेरैजसो विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक लगायतका क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका भएको भनी उजुरी पर्न […]

शुक्रवार, असार २०, २०७६

सोलुखुम्बु, नेपालको ‘डोमेस्टिक’ विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ। अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा दैनिक एक सय हाराहारीमा उडान र अवतरण हुन्छ। विश्वको सर्वोच्च शिखर सगरमाथा […]

शुक्रवार, असार २०, २०७६

झापा , झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित विहिवारेको समुदायिक भवनमा विषादी न्युनिकरण सम्बन्धी एकदिने जैविक विषादी वनाउने तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको आयोजनामा शुक्रवार तालिम आयोजना भएको हो […]

शुक्रवार, असार २०, २०७६

चारपाने, असार १९ । झापाको बिर्तामोड स्थित मनकामना माध्यमिक विद्यालयले यसै शैक्षिकसत्रबाट कानून संकाय, ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट बिषयको कक्षा सुरु गर्ने भएको छ । विद्यालयले होटल म्यानेजमेन्ट बिषय भने पहिलेनै सुरु गरेपनी […]

बिहिवार, असार १९, २०७६

ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका गरीब परिवारलाई जस्तापाता सहयोग गरेको छ । खरको छानो विस्थापित गर्न नगरपालिकाले ल्याएको ‘गरीबलाई टिनको छाना’ कार्यक्रमअन्तर्गत गरीबीको चपेटामा रहेका परिवारलाई जस्तापाता वितरण गरिएको हो । १२ वडा रहेको […]

बुधवार, असार १८, २०७६

काठमाडौंँ।  नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा […]

बुधवार, असार १८, २०७६

भद्रपुर। मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५÷७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक […]

बुधवार, असार १८, २०७६

 ठेकेदारले १५ दिन भित्र व्यवस्थित काम नगरे सडकमा लगेर बाँधेर राख्नु होला बिर्तामोड, असार १८ । सडक निर्माणको काम सुरु गर्दा स्थानीय जनप्रतिनिधि र ठेकेदारले उत्साहित हुदैं समयमा काम सम्पन्न गर्ने आश्वासन दिइरहदा स्थानीयले पनि […]

बुधवार, असार १८, २०७६