Aamsanchar

अब बिर्तामोडमा नयाँ विषय पढन पाईने

Author Image
बिहिवार, असार १९, २०७६

चारपाने, असार १९ ।
झापाको बिर्तामोड स्थित मनकामना माध्यमिक विद्यालयले यसै शैक्षिकसत्रबाट कानून संकाय, ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट बिषयको कक्षा सुरु गर्ने भएको छ ।
विद्यालयले होटल म्यानेजमेन्ट बिषय भने पहिलेनै सुरु गरेपनी विगतका बर्षमा स्थगित गरेको थियो, कानून र ट्राभल एण्ड टुरिजम नयाँ बिषयलाई यसै शैक्षिक बर्षबाट सुरु गरिन लागेको बिहिबार बिद्यालयमा आयोजित पत्रकार सम्मेनमा बताईएको छ ।

वि.सं. २०५६ सालदेखि माध्यमिक शिक्षा परिषद्बाट स्वीकृति लिएर कक्षा ११ र १२ को पठन पाठन सञ्चालन गर्दे ‘एजुकेशन फर एण्ड डिग्निटी’ लाई मुल मन्त्र बनाएर विभिन्न स्तरका तह र संकायमा पठन पाठन गर्दै आएको विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद भट्टराईले बताए ।
कानून संकायमा १ हजार पूर्णङ मध्ये ७ सय अंक रहने र नेपालको पर्यटन व्यवसाय सञ्चालन गर्न आवश्यक सीप र दक्षता सिकाउने ट्राभल एण्ड टुरिजम बिषय झापामा नया“ बिषय आएको बताईएको छ ।

होटल म्यानेजमेन्ट तर्फ कक्षा १२ को शैक्षिक योग्यताको प्रमाणपत्र संगै सीप परीक्षण प्रमाणपत्र प्रदान गर्ने सहित तिन वटै विषयमा विद्यार्थी कोटा निर्धारण गरी सिमित सिटमा शिक्षा प्रदान गर्ने उदेश्य विद्यालयले राखेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर