
पार्थ मण्डल/ भद्रपुर। झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिवार एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । प्रहरीकार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ६ पालिया पुल स्थितमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमासवार मेचीनगर ६ बस्ने ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलेजानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिएण्डसीअस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि बस चालक फरार रहेकोप्रहरीले जनाएको छ । त्यसै गरी मेचीनगर १० स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको चार्जर स्कुटीलाई सोही दिशातर्फ गइरहेको को १ ख ७४८१ नम्बरको यात्रु बसलेपछाडिबाटठक्कर दिँदा स्कुटी चालक मेचीनगर ९ बस्ने ६३ वर्षीय नवरप्रसाद संग्रौला रसोही स्कुटी पछाडि सवार उनकै छोरा ३५ वर्षीय जीवनसंग्रौला, ८ वर्षीय विशाल संग्रौला घाइतेभएका छन् । घाइते तिनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने बस चालकबिर्तामोड १ बस्ने ४३ वर्षीय लीलाराज रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।उता पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ९६० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ५४५१ नम्बरको टेम्पुलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी टेम्पु चालक दमक ९ बस्ने २७ वर्षीय शिवकुमार सोरेन रटेम्पुमा सवार गौरादह नगरपालिका १ बस्ने ५० वर्षीय इन्दिरा चौलागाई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । घाइते दुवैजनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने ट्रक चालक बिर्तामोड २ बस्ने वर्ष ३८ वर्षीय नरदेव शर्मालाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् […]
बिर्तामोड । झापाका विभिन्न सहर बजार र गाउँमा पछिल्लो समयमा मोटरसाइकल चोरी हुने घटना दिनप्रतिदिन बढेको छ । धेरैजसो विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक लगायतका क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका भएको भनी उजुरी पर्न […]
सोलुखुम्बु, नेपालको ‘डोमेस्टिक’ विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ। अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा दैनिक एक सय हाराहारीमा उडान र अवतरण हुन्छ। विश्वको सर्वोच्च शिखर सगरमाथा […]
झापा , झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित विहिवारेको समुदायिक भवनमा विषादी न्युनिकरण सम्बन्धी एकदिने जैविक विषादी वनाउने तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको आयोजनामा शुक्रवार तालिम आयोजना भएको हो […]
चारपाने, असार १९ । झापाको बिर्तामोड स्थित मनकामना माध्यमिक विद्यालयले यसै शैक्षिकसत्रबाट कानून संकाय, ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट बिषयको कक्षा सुरु गर्ने भएको छ । विद्यालयले होटल म्यानेजमेन्ट बिषय भने पहिलेनै सुरु गरेपनी […]
ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रका गरीब परिवारलाई जस्तापाता सहयोग गरेको छ । खरको छानो विस्थापित गर्न नगरपालिकाले ल्याएको ‘गरीबलाई टिनको छाना’ कार्यक्रमअन्तर्गत गरीबीको चपेटामा रहेका परिवारलाई जस्तापाता वितरण गरिएको हो । १२ वडा रहेको […]
काठमाडौंँ। नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा […]
भद्रपुर। मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५÷७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक […]