Aamsanchar

समाचार

काभ्रेपलाञ्चोक । सवारीसाधन सञ्चालनका लागि आवश्यक पर्ने मार्ग अनुमतिपत्र (रुट परमिट) अब जिल्ला प्रशासन कार्यालयबाटै पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवस्था कार्यालयबाट लिनुपर्ने ‘रुट परमिट’ […]

आइतवार, भदौ १२, २०७३

  पथरी । पूर्वका पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकको चाप बढेको छ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक बढेका हुन् । मोरङका […]

आइतवार, भदौ १२, २०७३

इलाम । जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ । सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको […]

आइतवार, भदौ १२, २०७३

पर्यटक लोभ्याउने काइदा काठमाडौँ । स्वास्थ्यका लागि पेय पदार्थको रुपमा चियालाई लिइन्छ । तर पश्चिमा संस्कृतिको प्रभावले चियाको साटो मदिराजन्य पदार्थ र हल्का पेय पिउने बानी नेपाली समाजमा मौलाएको छ । पश्चिमा मुलुकमा समेत फेरिएको […]

शनिवार, भदौ ११, २०७३

दमक । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ । आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति […]

शनिवार, भदौ ११, २०७३

पर्सा । पर्सा प्रहरीले पर्सा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित ६३ वटा रक्सी पसल बन्द गराएको छ । तीन दिनको अवधिमा सीमा क्षेत्रमा सञ्चालित ६३ वटा मदिरा पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी […]

शनिवार, भदौ ११, २०७३

जाजरकोट । जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी […]

शुक्रवार, भदौ १०, २०७३

पर्वत । अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका एक जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला […]

शुक्रवार, भदौ १०, २०७३

पाँचथर । जिल्लाको नाँगीन गाविस–६ स्थित पुलभञ्ज्याङमा एक बालक बिहीबार मृत अवस्थामा फेला परेका छन् । पुलभञ्ज्याङस्थित डायरीबजारमा डेरा गरी बस्दै आएका चन्द्रबहादुर विकका १२ वर्षीय छोरा मिलन विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी […]

शुक्रवार, भदौ १०, २०७३

(विष्णु नेपाल) काठमाडौँ। करिब ३६८ गाविसलाई अहिलेसम्म धुले सडकसम्मले पनि जोड्ने काम हुन सकेको छ्रैन ।  अर्का तर्फ सडक सञ्जालले जोडिएका गाविसमा पनि बाह्रै महिना यातायात सञ्चालन हुन नसक्दा ती गाविसमा आर्थिक गतिविधिले गति लिन […]

बिहिवार, भदौ ९, २०७३