छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन् । आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. […]
सरकार र संसद्को समन्वयकारी सम्बन्ध भएन भने संसद् चल्न सक्दैन । कि प्रतिपक्षले विरोध गर्दा कि सरकारले बिजनेस नदिँदा संसद् अवरोध हुन सक्छ । अहिले भने सरकारले बिजनेस नदिएकै कारण संसद्मा अवरोध हुँदै आएको छ […]
रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो । निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार ५ वर्षअघि पनि […]
न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको वाहवाही भयो । यद्यपि, घोषित प्रक्रिया अघि बढाउन नपाइ तामाङ मन्त्री पदबाटै […]
प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार […]
आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा […]
फायल तस्वीर । काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको […]
काठमाडौँ — कोभिड–१९ को उच्च जोखिम रहेका बेला पनि बढिरहेको रेमिट्यान्स पछिल्ला महिनामा भने घट्न थालेको छ । नेपालमा रेमिट्यान्स आउने प्रमुख राष्ट्र कोभिडबाट प्रभावित भएको समयमा नघटेको रेमिट्यान्स अवस्था सामान्य हुँदा भने घट्नुलाई अर्थपूर्ण रूपमा […]
काठमाडौँ — बजार अनुगमन र सवारीसाधन मर्मत गर्न बजेट अभाव भएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुस्त हुने गरेको जनाएको छ । उसले थप बजेटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा […]
नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ। ‘सुरु पुँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्यास […]