Aamsanchar

रैनछ अामा…..

Author Image
शनिवार, असोज २९, २०७३

  पदम थापा

गजल

रहरले हाम फाले जस्तो सहर रैनछ आमा,
जे सोचेर परदेश दगुरे, त्यो पट्क्कै रैनछ आमा

खाना त दिएकै छन पिजा बर्गर नान फलफुल केके हो केके
तर हजुरले पकाएको आटो को स्वाद रैनछ आमा

छन त रमाईलै छ आफन्त ईष्ट मित्र सबै हावापानी
तर देउरालीको जस्तो हावा अनी उकाला को पानीको स्वाद रैनछ आमा

कहीँ स्वर्ग जस्तै छ त, कहीँ कमाइ टन्नै हुन्छ ।
तर सबैले भनेजस्तो परदेश रैनछ अामा

रहरले हाम्फाले जस्तो सहर रैनछ अामा
जे सोचेर परदेश  दगुरे, त्यो पटक्कै रैनछ अामा ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर