Aamsanchar

पर्यटनका लागि सांस्कृतिक कार्यक्रम

Author Image
शनिवार, वैशाख ४, २०७३

काठमाडौँ, ४ वैशाख । पालुवा फिल्मस् र लमजुङ तमु समाजको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धनका लागि सांंस्कृतिक कार्यक्रम गरेको छ ।
नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आज सो कार्यक्रमको आयोजना गरेको हो ।
भाषाविद् रत्नबहादुर गुरुङले भाषा साहित्य र कलाले नै देशलाई समृद्धिको बाटोमा अगाडि लैजाने बताउनुभयो । उहाँले भन्नुभयो– “यस्ता विविध कार्यक्रमले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउँछ ।”
पालुवा फिल्मस्का सिर्जनात्मक निर्देशक सविक गुरुङ (सुन्दर)ले पुरानो संस्कृति र मूल्य मान्यतालाई निरन्तरता दिन यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “देशमा धेरै प्रकारका कला संंस्कृति भेषभूषा छन् यसलाई जगेर्ना गर्न राज्यले केही पहल गर्नुपर्छ ।”
एउटा पात्र जसले पौराणिक लोकगीतलाई आफ्नो निरन्तरता दिन गर्ने सङ्घर्षलाई नाटकीय ढङ्गबाट पर्दामा (डकु ड्रामा) का रुपमा देखाइएको थियो । साथै, यस डकु ड्रामाले गुरुङ संस्कार जुन आमाको मृत्युअगावै छोरीलाई दिने मुगाको मालालाई स्पष्ट रुपमा झल्काइएको थियो ।
सांस्कृतिक कार्यक्रममा लमजुङ तमु समाजका कलाकारले गुरुङ जातिका भाषा, भेषभूषा झल्कने गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने ५०० भन्दा पुराना सोरठी, सालैज्यू, ठाडोभाका, चुड्का तथा कौडालगायतका गीतको प्रस्तुति गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)