Aamsanchar

हात्तीपाइलेको औषधी सेवन नगर्नेलाई कनकाई नगरबाट दिइने सेवासुविधा बञ्चित गराउँछौँ : प्रमुख पोखरेल

Author Image
बुधवार, वैशाख १२, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले हात्तीपाइले को औषधि नखानेलाई नगरको सेवा सुविधाबाट बञ्चित गरिने बताउनुभएको छ । कनकाई नगरले नगरवासीको सबै दुःख सुखमा साथ र सहयोग गरेको बताउँदै नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर यस वर्ष नगरले त्यस्तो निर्णय गरेको नगर प्रमुख पोखरेलले बताउनुभएको हो
। नगरले नगरवासी सर्वसाधारणकै स्वास्थ्यका लागि कार्डको ब्यवस्था गरेको बताउँदै नगर प्रमुख पोखरेलले हात्तीपाइले को औषधि नखानेलाई नगर र वडाबाट पाउने सेवासुविधाबाट बञ्चित गरिने स्पष्ट पार्नुभयो।
कनकाई नगर हरेक क्षेत्रमा पहिलो हुँदै गएपनि हात्तीपाइले औषधी सेवनमा पछि परेकाले नगरवासी सम्पूर्ण लाई यस वर्षको हात्तीपाइले रोगको औषधि सेवन गरेर हात्तीपाइले रोग पूर्ण रुपमा मुक्त गर्न पनि आग्रह गर्नुभएको थियो ।

नगर प्रमुख पोखरेले यस वर्षदेखि कनकाई नगर हात्तीपाइले रोग मुक्त नगर बनाउन सबैले औषधी सेवन गर्न पटकपटक दर्साउनुभएको थियो ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान आम औषधि वितरण कार्यक्रम अन्तरगत कनकाई नगरमा बुधवार ९आज० प्रधानध्यापक तथा शिक्षकहरु सँग को पालिका स्तरीय अभिभुखिकरण कार्यक्रममा नगर प्रमुख पोखरेलले सो आग्रह गर्नुभएको हो।
कनकाई नगरको स्वास्थ्य शाखाको आयोजना तथा सहयोगी संस्था सहारा नेपालको विश्वास परियोजना अन्तरगतको फेयरमेड फाउण्डेसन नेपालको सहयोगमा अभिभुखिकरण भएको हो ।
कनकाई नगरकी निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गर्नुभएको थियो ।

विश्वका ७२ देश मध्ये ७१ वटा देशमा हात्तीपाइलेको औषधि खुवाइँदै गरेको र नेपालका ६४ जिल्ला मध्ये ५७ जिल्लामा उक्त औषधि खुवाइने अभियान सम्पन्न भइसहेको र ७ वटा जिल्लामा मात्र यस बर्ष औषधि सेवन गराइदै गरेको कनकाई स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशको झापा जिल्ला बाहेक सबै जिल्लामा हात्तीपाइले रोग मुक्त भइसकेको छ ।
स्वागत नगरका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले गरेको कार्यक्रमको सहजीकरण कनकाई स्वास्थ्य शाखा प्रमुख दंगालले गर्नुभएको थियो । प्रस्तुतीकै क्रममा दंगालले हात्तीपाइलेको औषधी नखाने वैदेशिक रोजगारीमा गएका केही फर्केर आएको समेत तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो । उहाँले कनकाई नगरको जनसंख्या करिव ५३ हजार रहेको र त्यो मध्ये यस वर्ष ५१ हजारलाई औषधी सेवन गराइने बताउनुभयो।

कनकाई नगरसहित झापा जिल्लाभर बैशाख १६ देखि २२ गतेसम्म राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रम सञ्चालन गरिने कनकाई स्वास्थ्य शाखाकी सिनियर अनमी टीका दवाडीले जानकारी दिनुभयो ।
कनकाई नगरमा १४ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयमा अध्ययनरत करिव १४÷१५ हजार बिद्यार्थीलाईसमेत औषधि खुवाइने कनकाई नगर शिक्षा शाखा प्राविधिक रोहित पौडेलले जानकारी दिनुभयो । अभिभुखिकरण कार्यक्रममा सहभागीहरूले औषधी सेवनमा हुने समस्या र समाधानका विषयमा आ–आफ्नो जिज्ञासा राखेका थिए । औषधी सेवनका लागि नगर र वडाले विविध कार्यक्रम गरिरहेकोसमेत कार्यक्रममा बताइएको थियो । कार्यक्रममा विश्वास परियोजनाकी सामाजिक स्वास्थ्य सहजकर्ता कोपिला अधिकारी, नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालालगायतको उपस्थिति रहेको थियो ।

यसैबीच झापाको कनकाई नगरपालिकामा कीटजन्य Switch  बारे स्वास्थ्यकर्मी, स्वयंसेवक तथा अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजना तथा कनकाई नगर स्वास्थ्य शाखाको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कनकाई नगर निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कीटजन्य रोगहरू अन्तरगत हात्तीपाइले रोग र त्यसको निवारणका बारेमा स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाह्रकोटीले प्रस्तुती करण दिएका थिए । उनले हात्तीपाइले रोगका लक्षण र बच्ने उपायका लागि औषधी सेवनलगायतका बारेमा जानकारी गराएको थियोे

स्वागत स्वास्थ्य कार्यालय झापाका प्रतिनिधि युवनाथ बरालले गरेको कार्यक्रममा डा. सन्जिव यादव, कनकाई नगर अस्पतालका डा। धर्मेन्द्र मण्डल, स्वास्थ्य निर्देशनालय धनकुटाकी सुरक्षा खत्री, फेयरमेड फाउण्डेसनका सञ्जय श्रेष्ठ, प्रमिला पराजुली, विश्वास परियोजनाकी सामाजिक स्वास्थ्य सहजकर्ता कोपिला अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कनकाई नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर