Aamsanchar

धामीद्वारा किशोरीमाथि यौन दुव्र्यवहार

Author Image
बुधवार, कार्तिक १०, २०७३

सुरुङ्गा(झापा) ।

Girl-Raped-650x351

बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई झारफुक गर्ने बहानामा उनले यौन दुव्र्यवहार गरेका थिए ।

झारफुक गर्न आएका उनले किशोरीकी आमालाई फूल लिन पठाएको र भाइलाई पानी लिन पठाएर बालिकामाथि यौन दुव्र्यवहार गरेको सूचना आएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । रफिगुललाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)