Aamsanchar

फेसबुकमा होइन कोर्षबुकमा ध्यान देउ भन्दै सडकमा र्याली

Author Image
बुधवार, कार्तिक १०, २०७३

चितवन  ।

सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील यहाँका सङ्घ संस्थाले बृहत् सचेतना ¥याली निकालेका छन् ।

सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र बुझाएर सम्पन्न भएको थियो ।

जिल्लाका १०७ वटा सङ्घ संस्था ¥यालीमा सहभागी थिए । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा विकृति, विसङ्गति, अपराधजन्य गतिविधि र महिला विरुद्धका हिंसा बढेकाले त्यसको रोकथामका लागि कानुनको प्रभावकारी कार्यान्वयन र थप कानुन निर्माणका लागि राज्यका सबै सरोकार निकायमा अविलम्ब निर्देशन दिन ध्यानाकर्षण गराइएको छ ।

लोकतन्त्रमा व्यक्तिले अधिकारको उपभोग गर्न पाउने भए पनि सामाजिक सञ्जाल एवम् अनलाइनको दुरुप्रयोगले व्यक्ति, समाज र सामाजिक सद्भावमा खलल समेत पुगेको महिला अधिकारकर्मी मीना खरेलले बताउनुभयो ।

¥यालीमा सहभागीले फेसबुकमा होइन कोर्षबुकमा ध्यान देउ, सामाजिक सञ्जालको दुरुपयोग रोकौँ, अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा कुराकानी नगरौँ, सामाजिक सञ्जाललाई असामाजिक नबनाऔँजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)