Aamsanchar

जोसमा होस् गुम्यो भने…..

Author Image
सोमवार, जेठ १७, २०७३

keshav a

एक दिन सबैको रुप सिध्दिन्छ, जवानी सिध्धिन्छ।
हाम्रो आङमा लाग्ने घाम अनि देहको पानी सिद्धिन्छ।

बस्तुभाउ रहुन्जेल सम्म हो दहि मोहो को मोह,

बस्तु मासिए पछि ठेकी सिद्धिन्छ, मदानी सिद्धिन्छ।

उमेर छ भन्दैमा नचाहिदो ताउर् माउर् नगर्नु,
जोसमा होस् गुम्यो भने जिन्दगीको लगानी सिद्धिन्छ।

बाचुन्जेल न हो मान्छेले नाटक् गरीरहनु पर्ने,
चिता माथि चढे पछि सबै कथा कहानी सिद्धिन्छ।

सिद्धिन्छ एक् दिन हामीसङ्ग भएको सबै सिद्धिन्छ,
जसरी , चिता पखाले पछिको त्यो खरानी सिद्धिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर