Aamsanchar

चलचित्र लप्पन छप्पनको ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

Author Image
आइतवार, माघ २, २०७३

काठमाडौं,

नेपाली चलचित्र लप्पन छप्पनको ट्रेलर सार्वजनिक भएको छ । कलाकार दयाहांग राई, सौगात मल्ल र अर्पण थापाद्वारा अभिनित चलचित्र लप्प्न छप्पनको शुक्रबार ट्रेलर सार्वजनिक भएको हो ।लप्पन छप्पनबाट चलचित्रमा दुई जना नयाँ अनुहारको पनि प्रवेश भएको छ । नवनायक प्रकाश जंग शाह र सिड खरेल नयाँ अनुहार हुन् । दुबै जनाले ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक गरिसकेका छन् ।

लप्पन छप्पनमा नायिकाकाे भूमिका वर्षा सिवाकोटीले निभाएकी छिन् । चलचित्रको धेरैजसो भाग युरोपीयन देश बेल्जियम, स्विट्जरल्याण, नेदरल्याण्, फ्रान्स,  लग्जम्बर्गमा छायांकन  भएका कारण पनि लप्पन छप्पनले दर्शकको मन जित्ने निर्माता डम्बर चन्दको आशा छ ।  लप्पन छप्पनबाट चलचित्र पहिलो पटक निर्माताको रुपमा आएका डम्बर चन्दले ओस्कार कलेज अफ फिल्म स्टडिजबाटै स्क्रिप्ट लेखन तथा निर्देशनमा स्नातक गरेका छन् ।

प्रवेश पौडेल र ओस्कारकै प्रकाश जंग शाहद्वारा तयार पारिएको चलचित्रको  कथाबस्तु  तथा नयाँ चलचित्रकर्मीको बाहुल्यता भएका कारण लगानी पनि धेरै गरेको निर्माताको भनाई छ । चलचित्रको निर्देशन मुकुन्द भट्टले गरेका छन् । चलचित्र आगामी चैत ११ गते रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर