Aamsanchar

कानुनको खिल्ली उडाउदै छ दोमुखा व्यवस्थापन समिति

Author Image
शुक्रवार, फागुन ६, २०७३

पर्यटकले फ्यालेको पिय पदार्थको भाडोवाट थोपा, थोपा पिय पदार्थ खाएर प्यास मेट्न कोसीस गर्दै साङलोमा बन्धक बादर ।

{विनोद पाण्डे(कमल) }

चारपाने,फागुन ६। कानुनले हरेक प्राणीलाई स्वतन्त्र रुपमा बान्च पाउने अधिकार सुनिस्चित गरेको छ । अझ जंगली जनावरलाई आरक्षण क्षेत्र बनाएर जनावरको संरक्षणकार्यमा सरकार लागिपर्दै आएको पनि छ ।

मानिस जसरी गाउ“ सहरमा बसोबास गरेर आफु खुशी बन्न सक्छ, जनावरपनी जंगलमा बस्न रमाउछन । कानुनी रुपमा केही जनावरलाई घरपालुको रुपमा बन्धक बनाएर पाल्ने मानिसलाई अधिकार प्राप्त भएपनी धेरै बन्यजन्तु जनावरलाई मानिसले बन्धक बनाएर पाल्न प्रचलित कानुनुले निषेध गरेको छ ।

सरकारी स्तर र संस्थागत रुपमा केही पर्यटकिय स्थानमा जंगली जनावरलाई व्यवस्थित आहार र वातावराण अनुकुल बासस्थान बनाएर चिडिया खाना संचानमा आएको हामि देख्न सक्छौं । देशमा केही पर्यटकिय स्थान पनिछन कुनै कानुनी मान्यता र व्यवस्थापकिय मापदण्ड पुरा नगरी जंगली जनावर बन्धक बनाएर राख्ने । यस्तो कार्यले मानव अधिकारको कुरा गर्नेले पशु अधिकार हनन गरिरहेको उदाहरण दिन्छ ।

त्यस्तै ठाउ मध्य झापाको पर्यटकिय स्थलको रुपमा परिचित दोमुखा पर्यटकिय क्षेत्रपनी पर्छ । त्याहा“ दुईवटा जंगली जनावर बादरलाई समितिले बन्धक बनार राखिएको छ । तिनको कुनै आहारा अनि मौषम अनुसारको बास स्थानमा कुनै ध्यान दिईएको देखिदैन । दोमुखाको खुल्ला चौरको एक कुनामा साघुरो क्षेत्रमा तारजालीले घेरिएर राखिएको बादरहरुले समयमा खानेकुरा र पानि समेत खान नपाएर ज्यानलाई जिर्ण बनाएर बाच्न बाध्य बनेका छन ।
एकैछिन एकै ठाउँ बस्न नरुचाउने चन्चल स्वभावको मानिस विकासको एक आधार मानिएको पशु (बारद) दोमुखामा कैदी जीवन विताई रहेको ठाउँमा पुग्ने पर्यटकहरुले देख्दा भन्ने गर्छन दोमुखा पर्यटन विकास समितिले पाप गरेछ ।

तेसो त सार्वजनिक स्थलमा यसरी नियम कानुनको कुनै प्रवाह नगरी जंगली जनावर बन्धक बनाईएको कतिपय स्थानमा पाहिन्छ । तर पशु अधिकारवादी, धार्मिक व्क्तित्व र सरोकार वालाहरुको पहलमा त्यस्ता बन्धक जनावरहरुलाई बन्धनमुक्त गराई जंगलमा छोडको खवर नआएको पनि हैन । तर दैनिक सयौं मानिस पुग्ने स्थान दोमुखामा आज सम्म कोही सरोवारवाला पुग्न नसक्नु दुखको कुरा हो । बच्नकैलागी पलपल तड्पिएर बसेका खुल्ला संसारमा बाच्न रमाउने बादरलाई उद्धार गर्न सो ठाउ“मा सम्वधित पक्षको उपस्थिती हुनसके दुई निर्दोश प्राणीप्रति न्याय हुने थियो की ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)