Aamsanchar

यी हुन् चुरोटमा रमाउने हिरोइनहरु !

Author Image
मङ्गलवार, फागुन १७, २०७३

काठमाडौ ।

भनिन्छ, सिर्जनामा रम्नेहरु नशामा पनि निकै रम्छन् । विश्वमा महिलाहरुले चुरोट पिउने सामान्यझैँ लाग्छ । तर, नेपालमा भने अझै पनि महिलाले चुरोट पिउनु बहसको विषय बन्छ । नेपाली चलचित्र जगतमा पनि यस्ता हिरोइनहरु छन्, जो धुँवामा रम्ने गर्छन् । जुन कुरा पढ्दा तपाईंलाई विश्वास नलाग्न पनि सक्छ । तर, यो तीतो सत्य हो ।

रेखा थापा

चल्तीकी हिरोइन् तथा राप्रपाकी नेतृ रेखा थापा चुरोटको अम्मलीको रुपमा चिनिन्छन् । चलचित्रको सुटिङको बेला होस् या अन्य बेला, रेखा चुरोटको सर्को तान्दै हुन्छिन् । साथीभाइसँग बसेर चुरोट पिउने उनको बानी छ ।

शुष्मा कार्की

नायिका शुष्मा कार्की त झन् चुरोटको धुवासँग निकै आनन्द लिने नायिकामा गनिन्छिन्। उनले दिनमा झण्डै एक बट्टा चुरोट पिउने सहकर्मीहरु बताउँछन्। बियर तथा ह्विस्कीमा समेत रमाउने यी हिरोइनलाई त्यतिबेला चुरोट अनिवार्य चाहिन्छ । उनको रोजाईको चुरोट हो, सूर्य । संयोग पनि हुनसक्छ, वक्षस्थलमा समेत सूर्यकै टाटु खोपेकी छिन् उनले ।

माला लिम्बु

म्युजिक भिडियोमा धेरै व्यस्त हुने यी नायिकाको हातमा जतिबेला पनि चुरोट हुन्छ । उनी सार्वजनिक ठाउँमा समेत खुल्लेआम चुरोट पिउँदै गरेको भेटिन्छिन् । दिनमा एक बट्टा चुरोट सिध्याउने यी अभिनेत्री नेपालीसँगै बिदेशी ब्राण्डका चुरोट तान्ने गर्दछिन् । उनी कुनै पनि सभा समारोह तथा मिटिङमा एक घन्टा बसिन भने त्यो बीचमा तीन पटकसम्म चुरोट तान्न सभाबाट बाहिर निक्लने गर्दछिन् । नेपाली चलचित्र उद्योगमा माला चेन स्मोकरको रुपमा परिचित छिन् ।

प्रियंका कार्की

साथीहरुसँग बसेको बेला रमाइलोमा चुरोट पिउने नायिका हुन्, प्रियंका कार्की । तर, उनी अरु हिरोइन जस्तो चेन स्मोकर भने होइनन् । रमाइलोको बेला मात्र पिउने गर्छिन् । एकदिनमा ३÷४ खिल्लीसम्म चुरोट तान्ने यी नायिका सार्वजनिकस्थलमा तथा खुला ठाउँमा धुमपान गर्दिनन् । उनी चुरोट तान्नको लागि केही बिशेष क्याफेको बिशेष कक्षमा बस्ने गर्छिन । आफूले चुरोट तानेको अरुले नदेखोस भन्ने डरले उनी लुकेर चुरोट पिउने गरेको प्रियंकाका नजिकका साथीहरुले बताएका छन् ।

नम्रता श्रेष्ठ

साथीभाइसँगको जमघटको बेलामा चुरोट पिउने नायिकाको रुपमा चिनिन्छन्, नम्रता श्रेष्ठ । काठमाडौँमा क्याफे समेत संचालन गरेकी नम्रताले साथीहरुसँगै बसेको बेला चुरोट तान्ने गर्छिन । सार्वजनिक ठाउँमा धुमपान नगर्ने भएकाले उनले चुरोट पिउँछिन भन्ने धेरैलाई जानकारी नहुने उनका साथीहरु बताउँछन् ।

झरना थापा

नायिका झरना थापा चुरोट भन्दा पनि हुक्काको धुवाँमा रमाउने गर्छिन । उनी आफ्ना पति सुनिलकुमार थापासँगै बसेर हुक्का पिउँदै गरेको भेटिन्छन् । उनलाई पतिले पनि साथ दिइरहेको भेटिन्छन् । झरना चेन स्मोकर होइनन् ।

सुभेच्छा थापा

नायिका सुभेच्छा थापा पनि लुकीलुकी चुरोट पिउने नायिकामा पर्छिन । तर, उनी चुरोटको अम्बली हैनन् । साथीभाइहरुको जमघटमा चुरोट तानेर साथ दिने गरेको उनका निकट चलचित्रकर्मीहरु बताउँछन् ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)