Aamsanchar

६७औं ‘डाक्टरर्स डे’को अवसरमा झापाका ९ चिकित्सक सम्मानित

Author Image
शुक्रवार, फागुन २०, २०७३

डा. सिन्हाका छोरा अनुराग सिन्हा सम्मान पत्र ग्रहण गर्दै । फोटो : विनोद पाण्डे(कमल)/आमसांर

बिर्तामोड, फागुन २०। ६७औं ‘डाक्टरर्स डे’को अवसर पारेर नेपाल चिकित्सक संघ मेचीले चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ९ जनालाई सम्मान गरेको छ ।
सम्मानित मध्ये तीन जनालाई मरणोपरान्त सम्मान गरेको हो । बिर्तामोडमा आयोजित समारोहकाबीच डा. केवी प्रधान, डा. सहदेव थुलुङ र डा. एम सिन्हालाई मरणोपरान्त सम्मान गरिएको हो । त्यस्तै डा. पिताम्बर शर्मा, डा. मुक्तिनाथ भट्टराई र डा. शंकरप्रसाद उप्रेतीलाई पनि चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।
त्यस्तै एचए आइतवारलाल राजवंशी, मोहम्मद ताहिर हुसेन मिकरानी र हिराबहादुर श्रेष्ठ सम्मानित भएका छन् । सम्मानित नवौं जनालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत झापाका मुख्य न्यायाधीश सुदर्शन पाण्डेले सम्मान पत्र प्रदान गरेका थिए । नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डा. चन्द्रेश्वरप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा मरणोपरान्त सम्मानित डाक्टरको बारेमा डा. आनन्द खनालले परिचय गराएका थिए । मरणोपरान्त सम्मान

पाउने डा. प्रधानको सम्मान पत्र छोरा डा. विक्रम प्रधानले ग्रहण गरेका थिए भने थुलुङको छोरा डा. सुरज थुलुङ र डा. सिन्हाका छोरा अनुराग सिन्हाले सम्मान पत्र ग्रहण गरेका थिए । सम्मानित तीनै जना डाक्टरको नाम डा. डीके आचार्यले घोषणा गरेका थिए । यसैगरी डा. शर्मा, डा. भट्टराई र डा. उप्रेतीको परिचय डा. प्रेमबहादुर शाहीले गराएका थिए ।

यस्तै तीन जना एचए राजवंशी, मिकरानी र श्रेष्ठको परिचय डा. पोषणरवण त्रिपाठीले गरेका थिए । डा. आलोक भण्डारीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि डा. प्रमोदकुमार रायले प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइराला, नेपाल चिकित्सक संघ मेचीका पूर्व अध्यक्ष डा. पिताम्बर ठाकुर लगायतले सम्मानित सबैलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन रिङ्कु झा र रक्षा संग्रौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर