Aamsanchar

सवारी दुर्घटनामा परी पाँच घाईते

Author Image
शुक्रवार, फागुन २०, २०७३

धनकुटा।

धनकुटा र मोरङ जिल्लामा शुक्रबार दिँउसो भएको सवारी दुर्घटनामा परी पाँच जना घाईते भएका छन्। धनकुटा नगरपालिका-३ स्थित गोठगाँउमा मे १ प ७८१४ नम्बरको मोटरसाईकलको ठक्करबाट दुई बालिका घाईते भएका छन्।

घाईते हुनेमा धनकुटा नगरपालिका-३ बस्ने १२ बर्षिया अस्मिता धिताल र धनकुटा नगरपालिका-६ बस्ने १२ बर्षिया क्रिसाला मगर रहेका छन्। उनिहरुलाई ठक्कर दिने मोटरसाईकलका धनिले उपचारकालागी जिल्ला अस्पताल धनकुटामा उपचार गराईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यसैगरी धनकुटा नगरपालिका-७ स्थित जिरोप्वाईन्टमा हिलेबाट धरानतर्फ आँउदै गरेको को १ ख २८६७ नम्बरको माईक्रो बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किदा एक जना घाईते भएका छन्। घाईते हुनेमा भोजपुर कुदाककाउले-२ बस्ने मिलन बास्तोला रहेका छन्।

घाईते बास्तोलालाई जिल्ला अस्पताल धनकुटा पठाइएको छ। माईक्रोका चालक फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ। यसैगरी मोरङ केराबारी-५ आमजोगी-मडुवा जंगलस्थित केराबारी खर्साने सडक खण्डमा स्कुटर र टेम्पो एक आपसमा ठक्कर खाँदा दुई जना घाईते भएका छन्।

घाईते हुनेमा स्कुटर चालक ईलाम शान्तिडाँडा-७ बस्ने सरोज खनाल र स्कुटरको पछाडी सवार रहेका मनिष खड्का रहेका छन्। को १ ह ६७२९ नम्बरको टेम्पो र को.२२ प २११४ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो।

ठक्करबाट घाईते खनालको स्थानिय क्लिनिकमा उपचार भईरहेको छ भने खड्कालाई न्युरो अस्पताल बिराटनगर पठाईएको छ। स्कुटी र टेम्पोसहित चालकलाई इलाका प्रहरी कार्यालय केराबारीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर