Aamsanchar

मोरङमा ‘फिस जोन’ परियोजना सुरु

Author Image
बुधवार, चैत ९, २०७३

विराटनगर :

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङमा माछा क्षेत्र (फिस जोन) को काम सुरु भएको छ । परियोजनाअन्तर्गत मोरङमा फिस जोनका लागि पोखरी खन्ने काम सुरु भएको हो। सरकारले देशका विभिन्न जिल्लामा यसै वर्ष सुरु गरेको यो परियोजनाअन्तर्गत मोरङमा पनि बवियाविर्ता, सोराभाग, कटहरी र रंगेलीमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

करिब ५ सय हेक्टर जग्गामा माछापालन र बजारीकरण गर्नेगरी सञ्चालनमा आएको परियोजनाअन्तर्गत हालसम्म एक सय २५ हेक्टर क्षेत्रफलका कृषकहरू माछापालनका लागि सम्पर्कमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइले जनाएको छ। पहिलो चरणमा पोखरी खन्ने काम भइरहेको र यसपछि ह््याचरी, नर्सरी र प्रशोधन केन्द्र निर्माणको काम सुरु गर्ने परियोजनाका प्रमुख प्रमोदकुमार रिजालले जानकारी दिए।

परियोजनाले मोरङको साविकको बबियाबिर्ता हालको रंगेली नगरपालिकामा  १५ हेक्टर क्षेत्रफलमा पोखरी खन्ने काम सुरु गरेको छ। सो क्षेत्रका १६ कृषकहरुको समूह बनाएर पोखरी खन्न थालिएको हो। माछा जोन कार्यान्वयनमा आएर पोखरी खन्न थालिएपछि यस क्षेत्रका किसानहरूसमेत उत्साहित बनेका छन्। एक बाली धान हुने खेतमा माछापालन सुरु गर्न पाउँदा कृषकहरु उत्साहित छन् ।

रंगेलीका किसान दीपेन्द्र आचार्यले फिस जोन कार्यक्रम शुरु भएपछि निकै उत्साह थपिएको बताए। जिल्लामा कार्यालय स्थापना र कर्मचारी मिलानलगायतका विभिन्न समस्याका कारण कार्यक्रम सुरु गर्न ढिलो भए पनि १० वर्षे परियोजना भएकाले बजेटमा समस्या नहुने प्रमुख रिजालले बताए। परियोजनाका लागि मोरङमा चालु अर्थिक वर्षमा करिब १८ करोड रुपैयाँबजेट आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर