Aamsanchar

धुर्मुस–सुन्तली यस वर्षको उत्कृष्ट नागरिक, झापालीको तर्फबाट सम्मान गरिने

Author Image
शनिवार, चैत १२, २०७३

बिर्तामोड।

वीरता जेसीजले २०७३ को उत्कृष्ट नागरिक सम्मान सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गर्ने घोषणा गरेको छ ।

झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्प पीडितको घर निर्माण अभियानमा अनुकरणीय अभियान गरेको भन्दै वैशाख ३ गते बिर्तामोडमा विशेष कार्यक्रमकाबीच उनीहरुलाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्न लागिएको बताइएको छ ।
वीरता जेसीज र भूतपूर्व अध्यक्षहरुको अगुवाईमा हरेक वर्ष एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिए ।
धुर्मस–सुन्तली फाउण्डेशनले भूकम्प पीडित असहाय गरीबको घर निर्माणमा अनुकरणीय काम गर्दै आएको हुनाले उक्त अभियानमा आम झापालीको तर्फबाट पनि सहयोग पु¥याउन उत्कृष्ट नागरिकको रुपमा उनीहरुलाई सम्मान गर्न लागिएको वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले बताए ।
सम्मानपत्र, स्वर्णपदकसहित धुर्मुस–सुन्तलीको अभियानमा सहयोग र उर्जा प्रदान गर्न करिब १० लाख रुपैयाँ प्रदान गरिने संयोजक बस्नेतले बताए ।

मानवीय सेवामा झापालीको योगदान समर्पित गर्न उक्त कार्यक्रममा प्रदान गरिने रकम सहयोग गर्नका लागि सबै दाताहरुमा वीरता जेसीजले आह्वान समेत गरेको छ । दाताहरुले वीरता जेसीजको संयोजनमा उक्त रकम सोझै कार्यक्रममा उपस्थित भएर धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गर्न सक्ने तथा उनीहरुको फाउण्डेशनमा नाम लेखाउन सकिने व्यवस्था मिलाएको बताइएको छ ।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने यथार्थ आत्मसात गरी भूकम्प पीडितको घर निर्माण टेवा पु¥याउन गर्न लागिएको कार्यमा सहयोग पु¥याइदिनुहुन सबै झापाबासीमा आह्वान गर्दछौं’ – संयोजक बस्नेतले भने – ‘अभियानमा सहयोग जुटाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिदिनुहुन् सबै सञ्चारमाध्यम र सञ्चारकर्मीमा अनुरोध गर्दछौं ।’
छविलाल खतिवडा संयोजक तथा मोहन ओली र लक्ष्मण ढकाल सदस्य रहेको छनौट समितिले यसवर्ष समाजसेवाका क्षेत्रबाट उत्कृष्ट नागरिक छनौट गर्ने पूर्व निर्णय बमोजिम धुर्मुस–सुन्तलीलाई छनौट गरेको बताइएको छ । यस वर्षको उत्कृष्ट नागरिक सम्मान कार्यक्रमलाई रचनात्मक र उत्कृष्ट बनाउने सोच र तयारीमा जुटेको वीरता जेसीजका अध्यक्ष सञ्जु भारतीले बताए ।
‘उत्कृष्ट नागरिक सम्मान कार्यक्रम आम झापालीको साझा र गौरवपूर्ण कार्यक्रम हो’ –संस्थापक अध्यक्ष बस्नेतले भारतीको कुरामा थप्दै भने– ‘वीरता जेसीज र यसका भूतपूर्व अध्यक्षहरुले अगुवाई गरे पनि यो कार्यक्रम झापाका १४ वटै जेसीज शाखा तथा आम झापालीले अपनत्व ग्रहण गर्ने कार्यक्रमको रुपमा अघि बढाउँदैछौं ।’
बस्नेतको अगुवाईमा सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको परम्परा शुरु गरेको हो । पहिलो पटक सम्मान समारोहको संयोजक बस्नेत थिए भने सो बेला वीरता जेसीजका अध्यक्ष राजेन्द्रकुमार थापा रहेका थिए । समाज पविर्तनका लागि विशिष्ट योगदान पु¥याउने उत्कृष्ट व्यक्तित्वको छनौट गरी सम्मानका साथै त्यस्ता व्यक्तित्वले गरेका असल कार्यको अनुकरणका लागि अरुलाई पनि प्रेरित गर्न यस्तो परम्पराको थालनी गरेको बताइएको छ ।
पत्रकार भेटघाटमा वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, वीरता जेसीजका पूर्व अध्यक्षहरु धु्रव शिवाकोटी, युवराज दाहाल, शेखर ढकाल, याम खड्का, शिवकुमार अग्रवाल, प्रमेश राजकर्णिकार, किरण श्रेष्ठ, प्रशान्त भण्डारी लगायतले समेत उत्कृष्ट नागरिकको महत्व माथि जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर