Aamsanchar

सन्नीले  सेक्स कमेडी  नखेल्ने

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

sunny-leone-

पोर्नस्टारबाट बलिउड स्टार बनेकी अभिनेत्री सन्नी लियोनीले अब आफु सेक्स कमेडी फिल्म खेल्न इच्छुक नभएको बताएकी छिन् ।

उनको पछिल्लो सेक्स कमेडी भनिएको फिल्म मस्तिजादेले राम्रो व्यापार गर्न नसकेपछि सन्नीले त्यस्ता फिल्ममा काम गर्न मन नपाराएकी हुन् । एक कार्यक्रममा ३४ वर्षीया सन्नीले भनिन्, यो समयमा म सेक्स कमेडी फिल्म खेल्न चाहान्नँ ।

उनले भनेजस्ता फिल्म पाए खेल्ने सन्नीले स्पष्ट पारेकी छिन् । यदि राम्रो चलचित्र पाएँ भने विचार गर्नेछु । मलाई कस्तो अफर आउँछ, त्यसमा भर पर्छ । उनले भनिन् । सन्नीले थपिन्, एक दुइवटा यस्ता चलचित्र आउनु आश्चर्यजनक कुरा होइन तर, निरन्तर यस्तै फिल्म बन्यो भने सबैले यसलाई गम्भीर रुपमा लिनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)