Aamsanchar

अग्निपीडितलाई प्रशासनको राहत

Author Image
सोमवार, वैशाख ४, २०७४

इनरुवा।

जिल्ला प्रशासन कार्यालय सुनसरीले श्रीपुरका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ ।

आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको हो ।
साविकको श्रीपुर गाविस रहेको हालको कोसी गाउँपालिका–५ का आगालागी पीडित ४२ परिवारलाई प्रशासनका तर्फबाट जनही रु पाँच हजारका दरले राहत रकम वितरण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बिहीबार मध्याह्न आगलागी हुँदा ४२ परिवारका ६० बढी घरटहरा जलेर पूर्णरुपले नष्ट भएका थिए । आगलागीमा रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर