Aamsanchar

अब सर्वोच्चमा फर्किन पाउँदिनन् कार्की

Author Image
आइतवार, वैशाख १७, २०७४

झापा ।

प्रधान्यायाधीश सुशीला कार्की निलम्बित अवस्थामै सर्वोच्च अदालतबाट विदा हुने भएकी छन्।  आइतबार उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा परेकी हुन्। आगामी जेठ २४ गते नियमित अवकाश पाउन लागेकी कार्की महाअभियोग प्रस्ताव प्रक्रियामै रहँदा अवकाश पाउने छिन्।

आइतबार संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव बारे २१ गतेको बैठकमा सभामुखले प्रस्ताव दर्ता भएको जानकारी गराउनछन्। त्यसपछि उनले महाअभियोग प्रस्ताव माथि छलफल गर्न उनले एक हप्ताको समयसीमा दिनुपर्छ।

एक हप्ता संसदमा छलफल भएपछि संसदको महाअभियोग समितिमा सो प्रस्ताव जान्छ। महाअभियोग समितिले एकहप्ताभित्र आरोपीलाई बोलाएर बयान लिनुपर्छ।  र समितिले एक महिना लगाएर आफ्नो प्रतिवेदन तयार पार्छ। सो प्रतिवेदन महाअभियोगबारे टुंगो लगाउन संसदमा पठाइन्छ। र संसदको दुई तिहाइ बहुमत महाअभियोगबारे अन्तिम निर्णय गर्छ।

यसरी हेर्दा महाअभियोग प्रस्ताव पारित हुन करिब डेढ महिना समय लाग्छ। तर प्रधानन्यायाधीश कार्कीले महाअभियोग प्रस्ताव प्रक्रियामै रहेका बेला अवकाश पाइसक्नेछन्।-सेतोपार्टी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)