Aamsanchar

लोकतन्त्रको रक्षामा सचेत रहन उपप्रधानमन्त्री गच्छदारको युवालाई आग्रह

Author Image
शुक्रवार, मंसिर १, २०७४

इटहरी,

उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको राजनीतिक धु्रवीकरणले देश गम्भीर संकटमा पर्नसक्ने विचार व्यक्त गर्दै नेपाल विद्यार्थी संघका जुझारु युवाले त्यसलाई रोक्न तयार रहनुपर्ने बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ सुनसरीले इटहरीमा आयोजना गरेको विशेषसभालाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । काँग्रेस नेता गच्छदारले जुझारु इतिहास बोकेको नेविसंघका युवालाई लोकतन्त्रमाथि आइपर्ने खतरामाथि कडा प्रतिवाद गर्न तयार रहन पनि आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले जनताले प्राप्त गरेको संविधान, लोकतन्त्र र स्वतन्त्र शासन व्यवस्थालाई समाप्त पार्ने उद्देश्यसहित बनेको वामपन्थी एकताले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गर्न लागेको धारणा राख्नुभयो ।

सुनसरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले आफू १० वर्षपछि लोकतन्त्रको संस्थागत विकाससँँगै संविधान कार्यान्वयनका लागि काँग्रेसमा आएदेखि नै वामपन्थी कित्तामा हलचल मच्चिएको बताउँदै लोकतन्त्रको पक्षमा उर्लिएका जनलहरबाट अत्तालिएका नेकपा (एमाले)का नेता कार्यकर्ताले भ्रमपूर्ण राजनीतिक बितण्डा फैलाउने प्रयास गरिरहेको चर्चा गर्नुभयो ।

नेविसंघ सुनसरी अध्यक्ष मन्दिप भट्टराईको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वराज्यमन्त्री एवं काँग्रेस नेता सीताराम मेहता, काँग्रेस सुनसरी सभापति राजीव कोइरालाले लोकतन्त्रको रक्षा र आर्थिक विकासका लागि काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर