Aamsanchar

प्रलोभनमा नपरी मत प्रयोग गर्न अपिल

Author Image
बुधवार, मंसिर २०, २०७४

काठमाडौँ, 

नेपाल मतदाता अधिकार मञ्चले मतदाताको मतलाई कुनै पनि मुल्यमा प्रभावित नभई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन र समग्रमा लोकतन्त्रको संस्थागत विकासका लागि बिना डर, धाक धम्की, दबाब, प्रलोभन, खानपान कुनै पनि प्रकारको प्रलोभनमा नपरी स्वतन्त्र विवेकको प्रयोग गरी मतदान गर्ने वातावरणको व्यवस्था गर्न आग्रह गरिएको छ ।

मञ्चले भयरहित वातावरणमा स्वतन्त्ररुपमा मतदान गर्न पाउने मतदाताको अधिकारलाई सुनिश्चित गर्न र निर्वाधरुपमा मतदान केन्द्रसम्म आवतजावत गर्न आवश्यक शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकार र सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर