Aamsanchar

झापामा बाम गठबन्धनको वर्चस्व

Author Image
आइतवार, मंसिर २४, २०७४

झापा,

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झापामा बाम गठबन्धनले वर्चस्व कायम गर्न सफल भएको छ । झापाका ५ निर्वाचन क्षेत्रमा सबै स्थानमा काम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

झापा क्षेत्र नम्बर एकमा काम गठबन्धनका नेता सुरेन्द्र कार्की ३६१७३ मत प्राप्त गर्दै विजयी बन्न सफल भएका छन् । उनले कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका हुन् । शर्माले ३३३१० मत मात्र प्राप्त गरेका थिए । त्यस्तै काम गठबन्धनकै नेत. पवित्रा निरौला खरेल क्षेत्र नम्बर २ बाट विजयी भएकी छन् । उनले कांग्रेसका जिल्ला सभापति समेत रहेका उद्धव थापालाई पराजित गरेकी हुन् ।

निरौलाले ४५८१७ हजार मत प्राप्त गर्दा थापाले ३२०५० मत प्राप्त गरेका थिए । उता क्षेत्र नम्बर–३ मा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई नमिठो हार चखाउदै राप्रपाका महामन्त्रि राजेन्द्र लिङदेन विजयी भएका छन् । लिङदेनले ४४६१४ मत प्राप्त गरे भने सिटौलाले ३११५६ मत प्राप्त गरेका थिए । त्यस्तै क्षेत्र नम्बर–४ मा एमालेका लालप्रसाद साँवा लिम्बुले कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका छन् ।

साँवाले ४३५१५ मत प्राप्त गर्दा थेवेले २६८२२ मत प्राप्त गरेका छन् । उता एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई लज्जास्पद रुपमा पराजित गरेका छन् । ओलीले ५७१३९ मत प्राप्त गर्दा अधिकारीले२८२९७ मत मात्र प्राप्त गर्न सफल भएका छन् । झापामा काम गठबन्धनले प्रतिनिधि सभा तर्फ बक्जा जमाउदा प्रदेश सभामा पनि विजयी हासिल गर्न सफल भएको छ । झापाबाट प्रदेश र प्रतिनिधि सभामा गरि १५ जना उम्मेद्धवार विजयी भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर