Aamsanchar

आज द्रोणाचार्य क्षेत्री भएको भए…

Author Image
मङ्गलवार, मंसिर २६, २०७४

[देवेन्द्र आचार्य]

काम बिषेशले म यतिबेला देश बाहिर छु । तर, मेरो मन झापा मै छ, बिषेश गरी क्षेत्र नं ३ मै । किनभने यो म जन्मेर हुर्केको ठाउँ मात्र होइन, धेरै यस्ता दुःखद् र मर्मस्पर्शी पलहरु बिताएको ठाउँ पनि हो । संबिधानको संस्थागत बिकासका लागि आबधिक निर्बाचनहरु गरिनु पर्छ । २०७२ सालमा संबिधान आएपछि हुनु पर्ने चुनाब भए । त्यस क्रममा आज म देश बाहिरैबाट पनि प्रतिनिधीसभा र प्रदेशसभाको निर्बाचनलाई नजिकबाट नियालिरहेको छु । किनभने म अहिले पनि सम्झन्छु, द्रोणाचार्य क्षेत्रीलाई ।

उहाँ मेरो बुबा भए पनि एउटा सक्षम राजनीतिज्ञ हो । ०४३ सालमा पंचायतकालमा भएको आम निर्बाचनमा झापाली जनताको अपार मायाँ पाएर राष्टिय पंचायतमा पंचायतका लाउकेहरुको मुटु नै चर्काउने गरी उहाँले दिएको अभिब्यक्ति । अनी झापाली जनताको मायाँ र सद्भाब पाएर जनपक्षिय रापंसको उपाधी पाएका द्रोणप्रसाद आचार्य, जसको यस चुनाबमा अभाब भएको महसुस गरिरहेको छु ।

पंचायतको अबसान पछि ०४८ सालको चुनाबमा यही क्षेत्र हो, जहाँबाट उहाँले शानदार मतले जित्नु भयो । उहाँलाई जनताको काम र सपना पूरा गर्न दैबले नै दिएन । उहाँ ०५० सालमा नै बित्नु भयो । त्यस यताका दिनहरुलाई म सम्झिरहेको छु । त्यस पछि भएका आम चुनाबका परिणाम मेरो मानस्पटलमा घुमिरहेका छन् । उहाँको निधन पछि भएको उप निर्बाचनमा पार्टीले आफ्नो साख बचाउन सकेन । त्यस यताका अरु चुनाबमा कहिले जित्दै हार्दे पार्टी अगाडि बढे पनि समग्रमा यहाँका जनताले थप उपलब्धी हाँसिल गर्न नसकेको तीतो यर्थाथता हाम्रा सामु छ । यो स्थिती आउनु राम्रो होइन । ०४८ सालको निर्बाचन पछि आजसम्म आइपुग्दा २५ बर्ष बितेको छ । त्यसयता ७ पटक त चुनाब नै भयो ।

 

तर, बिकासका ठोस योजना बनेनन् । संभबतः आज द्रोणाचार्य भएको भए यस्तो नियती कसैले पनि भोग्नु पर्ने थिएन की ? राजनीतिक हिसाबले झापा मुलुक भरि नै अग्रणी जिल्ला भए पनि झापा ३ बिकासका आधारमा अत्यन्त पछि परेको देख्न भोग्न सकिन्छ । आज यस क्षेत्रको मत परिणाम आइरहँदा म त्यो क्षेत्रका बिपन्न जनताको अनुहार झल्झली देखिरहेको छु । दक्षिणी क्षेत्रका रहेका आदिबासी जनता जसले बाटो देखेनन्, बिजुली देखेनन् । पुल भेटेनन्, स्वास्थ्य चौकी पाएनन् ।

०४८ सालको निर्बाचन पछि आजसम्म आइपुग्दा २५ बर्ष बितेको छ । त्यसयता ५ पटक त चुनाब नै भयो । तर, बिकासका ठोस योजना बनेनन् । संभबतः आज द्रोणाचार्य भएको भए यस्तो नियती कसैले पनि भोग्नु पर्ने थिएन की ? यो कुरा मेरो मनमा खेलिरहन्छ की किन त्यस यता यस क्षेत्रबाट निर्बाचित प्रतिनिधीहरुले उहाँको आदर्श र सादगीपनलाई बुझ्न सकेनन् ? जन उत्तरदायी कार्य शैलीलाई आत्मसात गर्न सकेनन् ? खास गरी बामपन्थी सोच भएका मतदातालाई आफ्नो परिधी भित्र पार्न सकेनन् ? र, त्यसबेला कायम रहेको जनउभार त्यस पछि आएर कायम रहन सकेन ? आज यस क्षेत्रको परिणाम आइरहँदा म नयाँ सम्भाबनाको खोजी गरिरहेको छु ।

किनभने आजसम्म हामीले भोगेका ती दिनहरु जसलाई फेरि भोग्नु नपरोस् । अब जित्नेले त्यो जनमतको कदर गरुन् । यस क्षेत्रमा जनताको मन छुने काम गरुन् । अब बन्ने बाम गठबन्धनको सरकारले पनि जनताका लागि दीर्घकालीन महत्वका काम गरोस् । ताकी द्रोणाचार्य क्षेत्रीले देखेको सपना पूरा होस् । उहाँले सोचेको योजना अघि बढोस् । त्यसका लागि सबै लाग्नु नै उचित हो भन्ने मलाइ लाग्छ । अहिले म मेरो बुबालाई सम्झिन्छु, उहाँले त्यतिबेला घरमा खाने चामल नहुँदा पनि जनतालाई भरथेग गरेको ।

कोही बिरामी हँुदा आफ्नो गोजीको पैसाले उपचार गरेको । हामी बिरामी हँुदा ध्यान दिनुको सट्टा अरुहरु कै सेवामा तल्लिन भएको । आफ्नो सुबिधामा आएको पैसा पनि मन्दिरमा दान दिएको । त्यस यता उहाँ जस्तो नेतामामा हुनु पर्ने गुण भएको नेतृत्वको अभाव देख्दा मलाई लाग्छ, अब जनताले नयाँ नेतृत्व खोजिरहेका छन् । जसले जनताको माग र आबश्यकतालाईं महसुस गर्न सकोस् । आफ्नो निहित स्वार्थ भन्दा पनि जनताको स्वार्थलाई माथि देखोस् । [ लेखक द्रोणाचार्य क्षेत्रीका सुपुत्र हुन्]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर