Aamsanchar

धान उत्पादनमा वृद्धि

Author Image
बिहिवार, पौष ६, २०७४

कलैया, 

यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ । समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो ।

साउनको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण बाढीले धानखेतीमा केही क्षति पु¥याएपनि उत्पादनमा कमी नआएको साहले बताउनुभयो । आव २०७४÷७५ मा कृषकले करिब ४१ हजार हेक्टरमा सोना मन्सुली, सावित्री, स्वर्णसव–१ सावा, मन्सुली र राधा–११ जातको अगहनी धानखेती गरेका थिए । सो क्षेत्रफलमा कूल एक लाख ८४ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।

उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार ४०० देखि रु दुई हजार ५०० मूल्यमा बिक्री भइरहेको छ । कूल रु चार अर्ब ६१ करोड २५ लाख बराबरको एक लाख ८४ हजार ५०० मेट्रिक टन अगहनी धान उत्पादन भएको छ ।

गत आवमा कूल ४१ हजार १३१ हेक्टर क्षेत्रमा विभिन्न जातको अगहनी धानखेती गरिएको थियो । रु दुई अर्ब ७३ करोड ५१ लाख ८७ हजार बराबरको एक लाख ३० हजार २४७ मेट्रिक टन अगहनी धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर