Aamsanchar

बिहानको सेक्स हानिकारक

Author Image
बिहिवार, पौष ६, २०७४

बिहानको सेक्स त स्वास्थ्यका दृष्टिले झनै हानिकारक

घण्टौंसम्मको सेक्स भन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने एक अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् । शोधकर्ता एरिक कोर्टीले भनेका छन्, ‘आजकलका स्त्री–पुरुष पूरै रात सेक्स गरेर बिताउने कल्पना गर्छन् तर यो असम्भव कुरा हो ।

’ उनको शोधमा सामेल स्त्री–पुरुषले आधा घण्टाभन्दा बढी नै समय सेक्स गर्न चाहने गरेको पाइयो । तर यसले निराशा र असन्तुष्टि पैदा गर्ने शोधकर्ता कोर्टी बताउँछन् ।शोधकर्ताहरूले सेक्स थेरापी र अनुसन्धानमा ६० जना विशेषज्ञलाई सामेल गराएका थिए । यस समूहमा मनोवैज्ञानिक डाक्टर, सामाजिक कार्यकर्ता, पारिवारिक मामिलासम्बन्धी विशेषज्ञहरू थिए ।

यीमध्ये अधिकांश शोधकर्ताले यौनबाट सन्तोषजनक सुख लिनका लागि पर्याप्त अवधि ३ देखि १३ मिनेट र वाञ्छनीय अवधि ७ देखि १३ मिनेट हुने बताए । यी विशेषज्ञका अनुसार १ देखि २ मिनेटको समय सेक्सका लागि धेरै कम र १० देखि ३० मिनेटको समय धेरै लामो हो । सेक्सका लागि उचित समयः जहिले पनि रातिको समयमा मात्रै सेक्स गर्नु स्वास्थ्यका लागि हितकर हुन्छ ।

बिहान उज्यालो हुनुभन्दा केही समयअगाडिदेखि बेलुका घाम नअस्ताउन्जेलसम्म सेक्स गर्नुहुँदैन । अझ बिहानको सेक्स त स्वास्थ्यका दृष्टिले झनै हानिकारक हुने बताइएको छ । बेलुका खाना खाएको सरदर २ घण्टापछिको सेक्स हितकारी हुन्छ । जो व्यक्ति राति १०–११ बजे खाना खान्छन्, उनीहरूले आधारातपछि मात्र सेक्स गर्नु राम्रो हुन्छ ।

सुत्ने बेलामा दूध पिउनुहुँदैन । दुई घण्टाअघि नै पिइसक्नुपर्छ अनि मात्र सेक्सका लागि उचित हुन्छ । त्यस्तै मिन्स भएको समयमा पनि सेक्सलाई वर्जित मानिएको छ । यद्यपि त्यस बेला कन्डम लगाएर पनि सेक्स गर्नुहुँदैन । त्यस समयको सेक्सले रोग निम्त्याउन सक्छ । यदि पार्टनरबीचमा क्रोध, चिन्ता, दुःख, अविश्वास छ र मानसिक समस्या छ भने सेक्स गर्नु उचित हुँदैन ।

दुवै जना प्रसन्न भए मात्र सेक्स आनन्ददायक हुन्छ । रोमान्टिक कुराकानी गरेर दुवै जनामा सेक्स जागृत गराएपछिको सेक्सले आनन्द र सन्तुष्टि दिने हुनाले यसतर्फ पनि ध्यान पुर्याउनु पर्ने अनुसन्धानकर्मीहरुको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर