Aamsanchar

गायक तुलाधर दर्नालको ‘मन मेरो चोरी’

Author Image
बुधवार, फागुन २, २०७४

झापा ।

गायक सङ्गीतकार तुलाधर दर्नालले मन मेरो चोरी बोलको गीत युट्युब मार्फत बजारमा सार्वजनिक गरेका छन।

आफ्नै स्वर र सङ्गीत रहेको यस गीतमा रमेश संयोग श्रेष्ठको गीत रचना रहेको छ भने विजेश्र्वर तन्डुकारको संगीत संयोजन रहेको छ।

लामो समय देखि संगीत क्षेत्रमा आबद्ध रहदै आएका गायक तुलाधर दर्नालको पहिलो एल्बम समर्पणमा समावेश गरिएको बिचै नदीमा तिमीले बोलको गीतले पनि राम्रै दर्शक स्रोताको मन जित्न सफल रहेको थियो ।पछिल्लो समयमा मेरो मुटु तिमीले पनि राम्रै माया पाएको थियो ।

हालै मन मेरो चोरी सार्वजनिक पछि दर्शक स्रोताले अझ बढी मन पराउनेमा बिश्व्सत छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर