Aamsanchar

भवन निर्माणका लागि पुराण

Author Image
बिहिवार, फागुन १७, २०७४

शान्तिराम बस्नेत
शिवसताक्षी l
झापाको झिलझिलेमा प्राविधिक शिक्षालयको पूर्वाधार सम्पन्न भवन निर्माणका लागि पुराण लाग्ने भएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले यही फागुन २३ गतेबाट २९ गतेसम्म श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न लागेको प्रतिष्ठान अध्यक्ष सन्तोषकुमार मेन्याङ्बोले पत्रकार सम्मेलन गरी जानकारी गराए ।
पुराणमा प्रखर पण्डित दीनबन्धु पोखरेलको मुखारविन्दबाट श्रीमद भागवतका कथा वाचन हुने बताइएको छ । कार्यक्रमको उद्घाटन विश्वकी एक मात्र महिला शंकाराचार्य अनन्त विदुषी महामण्डलेश्वर हेमानन्द गिरी महाराजले गर्ने समेत सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
आयोजक समितिले आर्थिक संयोजक गणेश प्रधानका अनुसार पुराणबाट ३ करोड ५० लाख रकम संकलन लक्ष्य लिएको र २१ लाख खर्चको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।
पत्रकारहरुले सोधेका प्रश्न दिदैं अध्यक्ष मेन्याङ्बोले प्रतिष्ठानले आफ्नो स्वामित्वमा रहेको १० विगाह जग्गा मध्ये ३÷३ विगाहामा प्राविधिक शिक्षालय र १ सय सैयाको अस्पताल निर्माण सहयोेगार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको हो भने अन्य खाली स्थानहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला र १५ सय क्षमताको सभाहल, गणेशमान सिंह पार्कको लागि गुरु योजनासहित संस्था अघि बढेकोे जानकारी दिए ।
पुराणका लागि प्रतिष्ठानका अध्यक्ष मेन्याङवोेको अध्यक्षतामा पुराण आयोजक मुल समारोह समिति गठन भएको छ । त्यस्तै सन्तकुमार फेवादेनको संयोजकत्वमा २१ सदस्यीय पुराण प्रचार प्रसार समिति, गणेश प्रधानको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । विष्णु सुव्बाको संयोजकत्वमा वैदेशिक सम्पर्क उपसमिति, नारायण बजगाँईंको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति लगायत अन्य पुराणका लागि आवश्यक उपसमितिहरु समेत गठन भएको वरिष्ठ संयोजक यामनाथ काफ्लेले बताए ।
२०४६ सालको सफल जनआन्दोलनलाई सर्वोच्च नेतृत्व प्रदान गरी नेपालमा पुनः प्रजातन्त्र स्थापना गराउनु हुने नेपालका प्रजातन्त्रबादी नेता स्व. गणेशमान सिंहको स्मृतिमा २०५६ सालमा गणेशमान अध्ययन प्रतिष्ठान स्थापना भएको हो । अध्यक्ष मेन्याङ्गबोले निर्माण हुने प्राविधिक शिक्षालय र सुविधा सम्पन्न अस्पताल पैसा मुखी नभई सेवामुखी हुर्ने समेत जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर