Aamsanchar

अन्तर्राष्ट्रिय चिया महोत्सव चैत २३ देखि

Author Image
बुधवार, फागुन ३०, २०७४

काठमाडौँ, 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी चैत २३ देखि २५ गतेसम्म ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ गर्ने भएको छ ।

काठमाडौँमा हुने उक्त महोत्सवमा एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली हावापानीमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि त्यसको आपूर्ति हुन नसकेको अवस्थामा महोत्सवले स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा सहभागी राष्ट्रका प्रतिनिधिले सम्बन्धित देशको विशेषता तथा चिया उत्पादनमा प्रयोग हुने प्रविधिबारे अन्तक्र्रिया र त्यहाँ उत्पादन हुने चिया प्रदर्शन गरिने कार्यक्रम छ ।

महोत्सवका बेला विदेशी पाहुनालाई सगरमाथाको आधारशीला स्याङबोचेमा लगेर नेपाली चिया खुवाउने कार्यक्रम रहेको बताइएको छ । मुलुकबाट करिब रु तीन अर्ब बराबरको चिया विभिन्न मुलुकमा निर्यात हुने गरेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)