Aamsanchar

स्वतन्त्र न्यायपालिकाको गरिमा अक्षुण्ण राख्न आग्रह

Author Image
शनिवार, चैत ३, २०७४

काठमाडौँ,

नेपाल बार एशोशिएशनले न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्दा नै प्रधानन्यायाधीशको अवधि किटान गरेको अवस्थामा सात महिनापछि थाहा नपाएजस्तो गरी गरिएको पत्राचार वैध नभएको जनाएको छ ।

परिष्दका सचिव नृपध्वज निरौलाले गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सम्बोधन गरी सम्प्रेषण गरेको पत्रप्रति असन्तुष्टि जनाउँदै बारले स्वतन्त्र न्यायपालिकाको गरिमा र महत्वलाई अक्षुण्ण राख्न सबैलाई आग्रह गरेको छ ।

बारका महासचिव खम्मबहादुर खातीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा गलत प्रक्रिया र पद्धतिको नजीरबाट विधिको शासन र न्यायिक प्रक्रिया नै अवरोध हुन गई स्वतन्त्र न्यायपालिकाको अस्तित्वमाथि प्रहार हुन सक्ने कुरामा ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर