Aamsanchar

एकदिवसीय मान्यता पाएकोमा प्रम ओलीको बधाई

Author Image
शनिवार, चैत ३, २०७४

काठमाडौँ, 

प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बाब्वेमा सञ्चालन भएको एकदिवसीय विश्वकप क्रिकेट छनौट खेलमा नेपालले एकदिवसीय मान्यता दिलाउन सफल नेपाली खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार राति विज्ञप्ति जारी गरी नेपालले पाएको सफलताप्रति विशेषतः नेपाली क्रिकेट टोली र समस्त नेपाली क्रिकेटप्रेमी दाजुभाई दिदी बहिनीहरुमा हार्दिक बधाई दिँदै नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।

“हाम्रो राष्ट्रले पाएको यो सफलतापछि अव नेपालले एक दिवसीय र लिष्ट ‘ए’ मान्यता प्राप्त राष्ट्रहरुसँग चार वर्षसम्म क्रिकेटमा प्रतिस्पर्धा गर्न पाउनेछ । नेपाली क्रिकेट टिमको अथक मेहनत, परिश्रम, शीप र उत्कृष्ट प्रदर्शन र त्यसको प्रतिफलस्वरुप नेपालले पाएको यो सफलताप्रति नेपाली टिमलाई पुनः म विशेष धन्यवाद सहित वधाई ज्ञापन गर्दछु”–प्रमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन्देशमा यस गौरवपूर्ण सफलतालाई स्थायी बनाउने र टेष्टस्तरीय मान्यतामा नयाँ फड्को मार्नुपर्ने बताउँदै उहाँले क्रिकेट खेलको पूर्वाधार कमजोर हुँदाहुँदै पनि नेपाली क्रिकेट टिमले विगत केही वर्षदेखि गरेको निरन्तरको उत्कृष्ट प्रदर्शनले नेपाललाई क्रिकेटमा सम्भावना भएको देशका रुपमा चिनाउने सफलता प्राप्त गरेकोमा खुसी पनि व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर