Aamsanchar

वेष्टइण्डिज ‘ए’ विरुद्ध नेपालले जितका लागि १ सय ७३ रनको चुनौती पायाे

Author Image
शनिवार, वैशाख २२, २०८१

काठमाडौं – वेष्टइण्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम टी–२० खेलमा नेपालले जितका लागि १ सय ७३ रनको चुनौती पाएको छ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली वेष्टइण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको हो।​

उसका लागि एलिक एथानेजले सर्वाधिक नटआउट ४२ रनको योगदान गरे। कप्तान रोस्टन चेजले ३३, जोन्सन चार्ल्सले २४, म्याथ्यु फोर्डले २३, मार्क डियाल र कादिम एलिइनले समान ११ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका सागर ढकाल र सोमपाल कामीले समान ३र३ र अविनाश बोहोराले एक विकेट लिए।

नेपालले पाँच खेलको श्रृंखला भने ३–१ ले गुमाइसकेको छ। पहिलो खेल ४ विकेटले जितेको नेपाल दोस्रो खेलमा १० रन, तेस्रोमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्टइण्डिज ‘ए’बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ। प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली आइतबार प्रस्थान गर्दैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर