Aamsanchar

बीएण्डसीमा निःशुल्क स्वास्थ्य शिविर

Author Image
बुधवार, चैत १४, २०७४

बिर्तामोड ।

गरिबीको रेखामुनी रहेका मानिसले पनि सहज रुपमा उपचार पाउन भन्ने उद्धेश्यले झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले बिहिबारबाट निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

चैत १५ गतेबाट ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा शल्यक्रिया २५ प्रतिशत, ल्याव र रेडियोलोजीमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ भने ओपिडिमा निःशुल्क गरिएको बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर वरिष्ठ सर्जन डा.रोहितप्रसाल यादवले जानकारी दिए ।

बीएण्डसी हस्पिटललाई महंगो हस्पिटल भनेर गलत प्रचार गरिएको भन्दै डा.यादवले अन्य हस्पिटलभन्दा के कुरामा महंगो भनेर जानकारी गराउन विरामीलाई आग्रह समेत गरेका छन् । राजनीतिक आग्रह पूर्वाग्रह नराखि विशुद्ध मानवीय सेवमा सर्मपित हस्पिटल अरुले भने जस्तो महंगो नभएको दाबी गरेका छन् ।
समान्य अवस्थादेखि जटिल प्रकृतिका रोगहरुको पनि सफल उपचार गरिसकेको हस्पिटलले बिरामीको सुविधालाई मध्यनजर गरेर निःशुल्क स्वास्थय शिविरको आयोजना गरिएको डा. यादवको भनाई छ ।

१५ दिनसम्म सञ्चालन हुने स्वास्थय शिविरमा हाडजोर्नी तथा नशा, न्यूरो सर्जरी, न्यूरो फिजिसियन, जेनेरल सर्जरी, ओरल एण्ड म्याक्सिलोफेसियल, बालरोग, मानिसक रोग, नाक कान घाँटी, छालारोग, मुटुरोग, दन्तरोग,आँखारोग,युरोलोजी, स्त्री रोग, रेडियोलोजी, क्यान्सर ग्यास्ट्रोलोजी लगायतका रोगहरुको उपचार गरिने बताइएको छ ।

दैनिक एक हजार जना रोगीले स्वास्थ्य शिविरमा उपचार सेवा लिने अपेक्षा गरिएको बीएण्डसी टिचिङ हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । अस्पतालमा विशेषज्ञ चिकित्सकहरु रहेको र विश्व स्तरीय प्रविधिहरुको प्रयोग गरेर विरामी यपचार गरिने हस्पिटलले जनाएको छ ।
झापासहित इलाम,पाँचथर,ताप्लेजुङ,मोरङ,सुनसरी,धाकुटा तथा भारतका विभिन्न स्थानबाट पनि विरामीहरु आउने गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर