Aamsanchar

कहिले सम्म विदेशलाई रिजाउने, देशको विकास कहिले नेता जी ?

Author Image
बुधवार, चैत २१, २०७४

(नरेन्द्र ढकाल)

भनिन्छ दिनको संकेत बिहानी गर्छ । हो पक्कै पनि अनुमान लगाउन सकिन्छ नयाँ संविधान पछि बनेको सरकारले देशको विकासलाई भन्दा पनि पुरानै परम्परालाई निरन्तरता दिने संकेत देखापर्न थालेको छ ।

समयलाई पट्कै चिन्न नसकनेमा विश्वमा पहिलो नम्बरमा हामी नेपाली नै पछौं भन्नेमा सहायद कसैको दुईमत नहोला । प्रधानमन्त्री बनेको सय दिन पुग्न नपाउँदै भारत र चीन धाउन थालेपछि नेपालको विकास भाषणमा मेट्रो रेल, समुन्द्रमा जहाज, विश्वलाई विजुली बेच्ने उखान टुक्का राम्रैसँग सुन्न पाइने भइयो ।

लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएर भनेर हर्षित भएका जनतामा फेरि निरासा छाउन थालेको छ । कुनै जनप्रतिनिधि चेलीबेटी बेचबिखनमा, कुनै दिउँसै टिल्ल रक्सीको जोशमा, कतै कुटाकुट र कतै बोलचाल नै बन्द यस्तो छ हालत । समयमा स्थानीय तहको कार्यविधि बनाएर काम गर्नुपर्नेमा पाँच वर्ष मस्ती गर्ने सोच पालेका यस्ता समाजका कलंकहरुबाट देशको विकासको आशा र भरोसा राख्नु पनि बेकार छ ।

केन्द्रीय स्तरमा आशा बोकेका ओली र प्रचण्ड दिल्ली र बेइजिङको तारतम्यमा जुटेपछि जुन जोगी आएपछि ..भने झैं विकासको आशा त्यसै सेलाउने संकेत देखापर्न थालेको छ । एक घण्टा समय पनि देशको निर्माणमा ध्यान दिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको भारत भ्रमण बेमौसमको बाजा मात्र बन्ने निश्चित छ । भारतले नेपालमा शान्ति र स्थिरतम् कहिल्यै चाहँदैन त्यसैले भारतसँग टाडै बसेर देश निर्माणमा जुट्ने बेलामा ओली भारतसँग गला जोड्न हतारो गरिरहेका छन् यो उनका लागि गलाको पासो चाहीँ नबनोस् ।

देशको विकास गर्नका लागि असन्तुष्ट बनेको मधेसबादी दल र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई सहमतिमा ल्याउन जरुरी रहेको छ । नत्र भारतले उनीहरुलाई प्रयोग गरेर देशमा अशान्ति मच्चाउनेमा दुईमत छैन् । भारतले नेपालमा अस्थिरता लादेर आफ्नो फाइदा मात्र हेरिरहेको छ । नेपालमा सीमा रातारात मिचिने क्रम जारी रहेको छ । त्यति मात्रै होइन दक्षिणी क्षेत्रमा सडक बाँध निर्माण गर्दा पनि नेपालका नेताहरु आँखामा पट्टी बाँधेर बसिरहेका छन् । यसले गर्दा दिनप्रतिदिन नेपालको राष्ट्रियता कमजोर बनिरहेको छ । ओली प्रधानमन्त्री बन्ना साथ भारतले चालेको अस्त्रमा ओली पर्न सफल भएका छन् । भारतको अभिष्ट के हुन्छ भने दक्षिण एसियाका राष्ट्रमा आफ्नो प्रभुत्व जमाइ रहन पाउँ ।

प्रसस्त सम्भावना भए पनि कानून निर्माणमा भइरहेका ढिलाईले गर्दा विकास निर्माणका कामहरु अलपत्र बन्ने निश्चित छ । आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहेका बेला पनि विकासभन्दा विदेशतर्फ ध्यान केन्द्रित हुनुले पनि स्पष्ट हुन्छ कि नेपालीलाई समयको कुनै मतलब नै छैन् । संघीय संसदबाट धमाधम कानून निर्माण गरेर प्रदेश तथा स्थानीय तहलाई बाटो खुल्ला गर्नुपर्ने समयमा जम्बोटोली लिएर प्रधानमन्त्री विदेश निस्कनु जहायज हुन्न ।

आखिर भारत या चीन कसैले पनि आश्वासन बाहेक केही दिदैनन् । त्यसैले विदेश गएर समय बर्वाद गर्नुभन्दा नेपालमा नै बसेर देशको विकासका निम्ति कानून निर्माण गर्दै लागू गर्नेतर्फ नेताहरुको बेलैमा ध्यान जान जरुरी रहेको छ । जिल्लामा रहेका अधिकांश कार्यालयहरु अलपत्र अवस्थामा रहेका छन् भने अरबौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका भौतिक संरचना पनि खण्डहर बन्ने निश्चित जस्तै छ । यो अवस्था र समयलाई मध्य नजर गर्दै अघि बढ्नेतर्फ जनताले पनि खबरदारी गर्न जरुरी रहेको छ ।

देखिने गरी विकासका काम शुरु गरेर कर बढाउनुको सट्टा कागजका फाइल पल्टाएर कर वृद्धि गर्ने मनोपोलीको अन्त्य हुन जरुरी रहेको छ । झापाका कुनै पनि स्थानीय तहले जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमको काम गरेको पाइन्न् । केही नगरपालिका यति धेरै सुस्त छ कि त्यसको कुनै शब्द नै छैन् । कुनै भने कामभन्दा प्रचार गर्नमा ब्यस्त रहेको पाइएको छ । यो अवस्थामा जनप्रतिनिधिहरुले आफ्नो काममा ध्यान दिन जरुरी रहेको छ । देशको विकास गर्दै समृद्ध मुलुक बनाउने नारा साच्चै समृद्ध छ । तर, ब्यवहार भने जुन राजतन्त्र हँुदा थियो आज गणतन्त्र दिवसमा पनि त्यो भन्दा फरक पना कतैबाट आभाष हुन सकेको छैन् ।

कुनै एउटा जादुगरले घण्टौ भुल्याउँदा समेत हामी रमिते बनेर हेरिरहेका हुन्छौं । तर, देशको विकास र समृद्धिको चाहना भाषण बाहेक कतै पाइन्न् । हामीले समयलाई त्यत्तिकै बर्वाद गरिरहेका छौं । त्यसैले देशको विकास गर्दै नेपाललाई समृद्ध मुलुक बनाउने विषयमा सरकार, संघीय संसद, प्रादेशिक सरकार र स्थानीय जनप्रतिनिधिहरुबीच जिम्मेवारी बाँडफाँड गर्दै मुलुक निर्माण अभियानमा जुट्न जरुरी रहेको छ । प्रधानमन्त्री ओलीले अब कार्यक्रम उद्घाटन र विदेश भम्रणलाई अस्वीकार गर्दै जसले निम्ता गर्छ उसैलाई विकासका कार्यक्रम ल्याउन जरुरी रहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरु ऋलपत्र अवस्थामा रहेको छ भने विभिन्न स्थानमा भौतिक संरचना निर्माण गर्ने निर्णय जरुरी रहेको छ ।

हाल देशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका एजीओ, आईएनजीओ लगायतका संस्थाले गर्ने काममा पनि निगरानी बढाउन राजयको ध्यान जान आवश्यक रहेको छ । एक सम्भावना बोकेको मुलुक नेपालमा अस्थिरता मच्चाएर जुनसुकै बेला पनि जातीय र धार्मिक मुद्दा बनाउनेहरु मध्य भारत पहिलो नम्बरमा पर्नु पनि शंकाको घेराभित्र पर्छ । यस्तो अवस्थामा हामी सबै एक भएर अघि बढ्न जरुरी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर